‘द आर्ट अफ लिभिङ’द्वारा अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण

पोखरा, १ असार: द आर्ट अफ लिभिङ गण्डकीले लेखनाथस्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई कोभिड– १९ उपचारका लागि अत्यावश्यक स्वास्थ्य उपकरणसहित अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाका गण्डकी प्रदेश प्रमुख नरेश भट्टराईले सामाजिक उत्तरदायित्व वहन गर्दै अक्सिजन कन्सन्ट्रेटर पाँच, अक्सिजन सिलिण्डर १५, पल्स अक्सिमिटर पाँच थान र अन्य स्वास्थ्य सामग्रीसहित एउटा कम्प्युटर हस्तान्तरण […]

सम्बन्धित सामग्री

जापान सरकारद्वारा जलन उपचार उपकरण हस्तान्तरण

जापान सरकारले नेपाललाई जलन उपचार उपकरण हस्तान्तरण गरेको छ । जापानको ह्युमन सेक्युरिटी प्रोजेक्ट्सको अनुदान सहायता अन्तर्गत सुष्मा कोइराला मेमोरियल अस्पताललाई ती उपककरण हस्तान्तरण गरिएका हुन् । सोमबार काठमाडौंको शङ्खरापुरमा अवस्थित अस्पतालमा एक समारोहकाबीच १ करोड रुपैयाँ बराबरको जलन उपचारका लागि स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको हो । उपकरण हस्तान्तरण समारोहमा नेपालका लागि जापानी राजदूत किकुताले …

पर्वत जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

लायन्स क्लब अन्तर्राष्ट्रियअन्तरर्गत पर्वत जिल्लामा क्रियाशील आठ  लायन्स क्लब र लियो क्लबको समन्वय र साझेदारीमा लायन्स क्लब अन्तर्राष्ट्रिय (एलआईसीएफ) कोषको विशेष आर्थिक सहयोगमा उपकरण हस्तान्तरण गरिएको हो।

पर्वत अस्पताललाई दुई करोडका उपकरण हस्तान्तरण

पर्वत – जिल्ला अस्पतालमा रु दुई करोड बराबरका स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रियअन्तरर्गत पर्वत जिल्लामा क्रियाशील आठ लायन्स क्लब र लियो क्लबको समन्वय र साझेदारीमा लायन्स क्लब अन्तर्राष्ट्रिय–एलआइसिीएफ) कोषको विशेष आर्थिक सहयोगमा उपकरण हस्तान्तरण गरिएको हो । लायन्स क्लबको तर्फबाट नेपालमा सबैभन्दा ठूलो सहयोग सो अस्पताललाई गरिएको छ । सांसद पदम […]

इलाम अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

इलाम : लुथरन वर्ल्ड रेलिफले इलाम अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरेको छ। लुथरनले ६२ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य उपकरण अस्पताललाई हस्तान्तरण गरेको हो।लुथरनका नेपालस्थित कन्ट्री डाइरेक्टर किरण ओझाले अस्पताल प्रमुख तथा जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराललाई सदरमुकाममा उपकरण हस्तान्तरण गरे। विशेषगरी कोभिड नियन्त्रणका लागि सघाउन अस्पताललाई उपकरण प्रदान गरेको जनाइएको छ।लुथरनले भेन्टिलेटर २ थान, डेफिब्रिलेटर १ थान, ब्लड ग्यास एन्ड केमेस्ट्री एनालाइजर २ थान, प्यासिएन्ट मोनिटर १ थान, थ्री

जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

सिमकोट । स्वास्थ्यका लागि सक्षम प्रणालीले जिल्ला अस्पताल हुम्लालाई रु ६४ लाख ३५ हजार १७९ मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जिल्लाको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको उक्त कार्यक्रमले जिल्ला अस्पतालमा उपकरण अभावमा बिरामीलाई उपचार गर्न समस्या भएको भन्दै उक्त डिजिटल एक्सरे मेशिन, नोजल क्यानला, विपप मेशिन, आइपिसी मेशिन र एबिजी मेशिन हस्तान्तरण […]

अष्ट्रेलियाली राजदूतद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण

मंगलबार नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी बोल्कले करिब ४१ लाख बराबरका दुई स्वास्थ्य उपकरण त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डिन, प्रा.डा. दिव्या सिंह शाह र त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागका डा. समारिका दाहाललाई हस्तान्तरण गरेकी छन् । अष्ट्रेलिया अवार्डस् अल्मुनाई ग्रान्टबाट दुईजना अष्ट्रेलियाली विश्वविद्यालयका अल्मुनाई प्रा.डा शाह र डा. दाहाललाई उनीहरूको कार्यमा थप सहयोग गर्न […]

वीउवासंघद्वारा अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

असार ११, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले वीरगञ्जको नारायणी अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड - १९ को सम्भावित तेस्रो लहरको पूर्वतयारीका लागि संघले ९ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो ।  संघले तीन थान मेडिकल अक्सिजन कन्सेन्ट्रेटर र दुई थान प्यासेन्ट मोनिटर प्रदान गरेको संघका अध्यक्ष सुबोधकुमार गुप्ताले जानकारी दिए । अध्यक्ष गुप्ताले नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा वीरेन्द्रबहादुर प्रधानलाई सामग्री हस्तान्तरण गरेका हुन् । संघलाई ती उपकरणहरू हेल्भेटास नेपाल, इलम परियोजनाले उपलब्ध गराएको हो । यसअघि संघले सो अस्पतालमा सघन चिकित्सा इकाई निर्माण गरेको थियो ।

आयरल्यान्ड सरकारद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौँ  । आयरल्यान्ड सरकारले नेपाललाई विविध स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेको छ । युरोपेली सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरिएका ती सामग्री नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेपरेजले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित एक सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नुभयो । आज हस्तान्तरण गरिएका सामग्रीमा ७२ अक्सिजन कन्सन्ट्रेटर, ४४ […]

आयरल्यान्डद्वारा नेपाललाई स्वास्थ्य उपकरण हस्तान्तरण

आयरल्यान्ड सरकारले नेपाललाई विविध स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेको छ ।  युरोपेली सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरिएका ती सामग्री नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेपरेजले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित एक सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे । आज हस्तान्तरण गरिएका सामग्रीमा ७२ अक्सिजन कन्सन्ट्रेटर, ४४ थान भ्यान्टिलेटर, १२ थान बिटिएपी मेशिन, ४०० अक्सिमिटरलगायत उपकरण छन् । यसैगरी डे

काभ्रेका तीन अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

बनेपा । नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाको समन्वयमा कोरोना सङ्क्रमणका उपचारमा सम्लग्न तीन अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनको सहयोगमा धुलिखेल र शिर मेमोरियल अस्पताललाई एक/एक भेन्टिलेटर, दुई/ दुई अक्सिजन कन्सन्ट्रेटर र २०/२० पिपिइ तथा मेथिनकोट अस्पताललाई दुई अक्सिजन कन्सन्ट्रेटर, २० पिपिइ हस्तान्तरण गरिएका भेन्टिलेटर र […]