एनबीलाई गाभेपछि यस्तो देखियो नबिल बैंकको प्रगति, बाड्न मिल्ने नाफा नै ९ अर्ब बढी

आर्थिक वर्ष ७८/७९ मा नबिल बैंकको खुद नाफा ९.८३ प्रतिशतले बढेको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेपछि बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ९.८३ प्रतिशतले बढेको हो ।आर्थिक वर्ष ७७/७८ मा बैंकको खुद नाफा ४ अर्ब ५२ करोड रहेकोमा आर्थिक वर्ष ७८/७९ मा बैंकको खुद नाफा बढेर ४ अर्ब ९७ करोड पुगेको हो। यस अवधिमा बैंकको बितरणयोग्य मुनाफा ९ अर्ब १२ करोड रहेको छ । यसमा बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेपछि व्यवसायिक लाभबाट हुन आएको रकम ५ अर्ब ७४ करोड समेत समावेश छ ।  यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.७९ प्रतिशतले बढेर ९ अर्ब ४३ करोड पुगेको छ । बैंकको निक्षेप ४५.९८ प्रतिशतले बढेर ३ खर्ब २६ अर्ब पुगेको छ भने बैंकको कर्जा प्रवाह ५२.०४ प्रतिशतले बढेर ३ खर्ब १ अर्ब पुगेको छ । बैंकको खराब कर्जा  ०.८४ प्रतिशतबाट बढेर १.५४ प्रतिशत कायम भएको छ ।२२ अर्ब ८३ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा २९ अर्ब ७५ करोड रहेको छ ।  यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २१ रुपैयाँ ७८ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २३० रुपैयाँ रहेको छ ।  नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १:०.४३ को अनुपातमा प्राप्ति गरेको थियो । नबिल बैंक र नेपाल बंगलादेश बैंकले असार २७ गतेदेखि एकिकृत कारोबार गरेका थिए ।  

सम्बन्धित सामग्री

साउनमा वाणिज्य बैंकहरूले कमाए साढे ८ अर्ब नाफा, कसको कति ?

काठमाडौं । चालू आर्थिक वर्षको साउनमा वाणिज्य बैंकहरूले साढे ८ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार एक महीनामा २० वाणिज्य बैंकहरूले कुल रू. ८ अर्ब ५२ करोड नाफा कमाएका हुन् ।   समीक्षा अवधिमा वाणिज्य बैंकहरूमध्ये सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक छ । बैंकले साउनमा रू. ९९ करोड २ लाख नाफा कमाएको छ । सर्वाधिक नाफा कमाउने वाणिज्य बैंकको सूचीमा दोस्रोमा नबिल बैंक छ । बैंकले उक्त अवधिमा रू. ७५ करोड नाफा कमाएको छ । यस्तै, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रू. ७४ करोड, हिमालयन बैंकले रू. ६३ करोड र कुमारी बैंकले रू. ५७ करोड नाफा कमाएका छन् । साउनमा सबैभन्दा कम नाफा नेपाल एसबिआई बैंक कमाएको छ । बैंकले उक्त अवधिमा रू. १६ करोड नाफा कमाएको छ । त्यस्तै, माछापुच्छ्रे बैंकले रू. १८ करोड, सिटिजन्स बैंकले रू. २४ करोड र सानिमा बैंकले रू. २५ करोड नाफा कमाएका छन् ।  कुन बैंकको कति ?

२७ वाणिज्य बैंकको नाफा १० प्रतिशतले वृद्धि

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २७ वाणिज्य बैंकको नाफा औसतमा १० दशमलव १० प्रतिशतले वृद्धि भएको छ । गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा वाणिज्य बैंकहरूको नाफा १० दशमलव १० प्रतिशतले वृद्धि भएर रू. ३४ अर्ब २१ करोड पुगेको हो । गत आवको दोस्रो त्रैमाससम्ममा यी वाणिज्य बैंकको कुल नाफा रू. ३१ अर्ब ७ करोड रहेको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा १६ ओटा वाणिज्य बैंकको नाफा १ अर्बभन्दा माथि छ । तीनओटा बैंकको नाफा २ अर्बमाथि पुुगेको छ । सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ । यो बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. २ अर्ब ६६ करोड नाफा कमाएको छ । गतवर्षको दोस्रो त्रैमासम्ममा यो बैंकले रू.२ अर्ब ३१ करोड नाफा कमाएको थियो । त्यस्तै नाफा बढी कमाउने दोस्रो स्थानमा एनआईसी एशिया र तेस्रोमा नबिल बैंक रहेका छन् । चालू आवको दोस्रो त्रैमाससम्ममा एनआईसी एशियाले रू. २ अर्ब ४० करोड र नबिल बैंकले रू.२ अर्ब १८ करोड नाफा कमाएका छन् । पछिल्लो समय उद्योगधन्दा र कलकारखाना कोभिड–१९ का कारण धराशयी हुँदै जाँदा वाणिज्य बैंकहरूको नाफा बढ्दै जानुलाई विज्ञहरू अस्वाभाविक मान्छन् । बैंकहरूको काम व्यापार गरेर नाफा कमाउने भए पनि नेपालको परिपे्रक्ष्यमा व्यापारघाटा बढाउन वाणिज्य बैंकहरूको भूमिका ठूलो रहेको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए । बैंकरहरूका अनुसार रिटर्न अन इक्विटीका आधारमा बैकहरूको कमाइ निकै कम हो । बैंकहरू पुँजी भारले थिचिएको लगानीकर्ताहरूको भनाइ छ । उत्पादनमा जोड नदिनाले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने गरेको थापा बताउँछन् । राज्यको उपयुक्त नीति नभएका कारण उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने लघुवित्त र वित्त कम्पनीहरू मासिँदै जाने स्थिति आएको थापाले बताए । सिभिलको नाफा १४८ प्रतिशतले वृद्धि चालू आवको दोस्रो त्रैमाससम्ममा २७ वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा सिभिल बैंक लिमिटेडले गरेको छ । यो बैंकले उक्त अवधिमा रू. ५० करोड ४० लाख नाफा कमाएको छ । सिभिल सबैभन्दा कम नाफा कमाउनेको सूचीमा रहेको भए पनि गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा नाफामा सुधार गरेको छ । गत आवको दोस्रो त्रैमासिक अवधिको तुलनामा यो बैंकको नाफा १४८ दशमलव ४२ प्रतिशतले वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमाससम्ममा यो बैंकको नाफा रू.२० करोड २८ लाख थियो । त्यसैगरी नाफा वृद्धि गर्ने दोस्रो स्थानमा सिद्धार्थ बैंक र तेस्रो स्थानमा सेन्चुरी कमर्शियल बैंक रहेका छन् । सिद्धार्थले गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा ७१ दशमलव ६८ प्रतिशतले नाफा वृद्धि गरेको छ । सेन्चुरी कमर्शियल बैंकले पनि गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमासम्ममा ५४ दशमलव ७७ प्रतिशतले वृद्धि गरेको छ । ६ ओटा वाणिज्य बैंकको नाफा घट्यो चालू आवको दोस्रो त्रैमासम्ममा ६ ओटा वाणिज्य बैंकको नाफा घटेको छ । नाफा घट्नेमा प्राइम कमर्शियल, प्रभु, कुमारी, एभरेष्ट, नेपाल बंगलादेश र सनराइज बैंक रहेका छन् । सबैभन्दा बढी नाफा घट्नेमा कुमारी बैंक लिमिटेड रहेको छ । यो बैंकको नाफा २१ दशमलव ७७ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. १ अर्ब २१ करोड नाफा कमाएकोमा चालू आवको दोस्रो त्रैमासम्ममा यो बैंकको नाफा घटेर रू. ९५ करोड १७ लाखमा सीमित भएको छ । त्यसैगरी चालू आवको दोस्रो त्रैमाससम्ममा प्राइम कमर्शियल बैंकको ७ दशमलव ४३ प्रतिशत, प्रभु बैंकको १६ दशमलव ९० प्रतिशत, एभरेष्ट बैंकको १२ दशमवल ७९ प्रतिशत, नेपाल बंगलादेश बैंकको १३ दशमलव ८२ प्रतिशत र सनराइज बैंकको २१ दशमवल ४७ प्रतिशतले नाफा घटेको छ ।

दोस्रो त्रैमाससम्म नबिल बैंकको खुद नाफा २ अर्ब १८ करोडभन्दा बढी

माघ ७, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नबिल बैंक लिमिटेडले रू. २ अर्ब १८ करोड १४ लाख २० हजार खुद नाफा गरेको छ ।  शुक्रवार सार्वजनिक बैंकको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार यस वर्ष गत वर्षभन्दा यो नाफा ८ दशमलव २० प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म बैंकको खुद नाफा रू. २ अर्ब १ करोड ६० लाख २३ हजार थियो ।  यसवर्ष बैंकको सञ्चालन नाफा भने ८ दशमलव ६० प्रतिशत बढी भएको छ । गत वर्ष रू. २ अर्ब ८६ करोड ८५ लाख ७७ हजार रहेको सञ्चालन नाफा यस वर्ष रू. ३ अर्ब ११ करोड ५३ लाख ८९ हजार भएको हो । वितरणयोग्य नाफा यस अवधिसम्म रू. १ अर्ब ४५ करोड ८ लाख ६० हजार छ । यो नाफा गत वर्ष यस अवधिसम्म रू. १ अर्ब ८४ करोड २९ लाख ६१ हजार थियो ।  ३३ दशमलव ६० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार पु¥याएको बैंकको जगेडा कोष रकम रू. १४ अर्ब ६२ करोड ६४ लाख ८४ हजार रहेको छ । रिटेन्ड अर्निङमा रू. ९६ करोड २० लाख ५३ हजार छ ।  गत वर्षभन्दा ४ प्रतिशत बढी रू. २ खर्ब ३२ अर्ब ५५ करोड ४७ लाख ३९ हजार निक्षेप संकलन गरेको बैंकले गत वर्षभन्दा ८ दशमलव ६८ प्रतिशत बढी रू. २ खर्ब १५ अर्ब २० करोड ६१ लाख ९५ हजार कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ६ प्रतिशत रहेकोमा यस वर्ष बढेर १ दशमलव ११ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. २३ दशमलव ५९ र प्रतिशेयर नेटवर्थ रू. १८४ दशमलव २८ रहेको छ ।

पहिलो त्रैमासमा कुन बैंकको नाफा कति ?

गत असोजसम्म १ अर्ब १८ करोड रुपैयाँसहित एनआईसी एसिया बैंक सबैभन्दा धेरै नाफा गर्ने बैंकको पहिलो नम्बरमा परेको छ । धेरै नाफा आर्जन गर्नेको दोस्रो सूचीमा नबिल बैंक छ । यो बैंकको खुद नाफा १ अर्ब ११ करोड २२ लाख ३५ हजार छ ।

नबिल बैंक : कम्पनी विश्लेषण (सोमवार, ७ भदौ २०७८)

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रु. ४ अर्ब ५० करोड ४४ लाखभन्दा खुद नाफा गरेको छ । यस वर्ष वाणिज्य बैंकहरूमध्ये कम्पनीले सर्वाधिक खुद नाफा गरेको हो । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको नाफा ३० प्रतिशत वृद्धि भएको हो । अघिल्लो वर्ष उक्त अवधिसम्म बैंकले रु. ३ अर्ब ४६ करोड ३२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज घटेकाले खुद नाफा बढेको हो । गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा अघिल्लो वर्षभन्दा ३६ दशमलव २९ प्रतिशत बढी रु. ४ अर्ब १४ करोड ६२ लाखभन्दा बढी छ । वितरणयोग्य मुनाफाका आधारमा सूचीकृत कम्पनीमध्ये नबिल बैंकको प्रतिफल सर्वाधिक २९ दशमलव ९५ प्रतिशत रहेको छ । कम्पनीको चुक्ता पुँजी रु. १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार पुगेको छ । यो अवधिसम्म बैंकको जगेडा कोष रकम शेयर प्रिमियम र रिटेन्ड अर्निङसहित रु. १९ अर्ब ४८ करोड ३७ लाख कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रु. ३२ दशमलव ५४ रहेको छ भने प्रतिशेयर नेटवर्थ रु. २४० दशमलव ७३ छ । बिहीबारको आधारमा दोस्रो बजारमा कम्पनीको प्रतिशेयर मूल्य रु. १ हजार ४९० रहेको छ । निष्कर्ष कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा छोटो टुप्पी र लामो पुच्छर भएको कालो शरीरको मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा आगामी दिनमा कम्पनीको शेयर मूल्य घट्न सक्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६३ दशमलव २१ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ६ दशमलव ६० बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्य रेखा यी दुवै मूल्यरेखाको बीचमा छ । बिहीबारको शेयर मूल्य रु. १ हजार ४९० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार ४५९ मा टेवा पाउनेर महँगिए रु. १ हजार ५१९ मा प्रतिरोध पाउने देखिन्छ ।

शेयर विक्रीले बढायो वाणिज्य बैंकहरूको नाफा

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७६/७७ वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार तथा वृद्धि देखिएको छ । गत आवमा वाणिज्य बैंकहरूको नाफा औसतमा २० दशमलव ०२ प्रतिशतले बढेको हो । हाल नेपालमा २७ वाणिज्य बैंक सञ्चालनमा छन् । सोमवारसम्म उनीहरूले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आव २०७६/७७ मा भने वाणिज्य बैंकहरूको खुद नाफा औसतमा १२ प्रतिशतले घटेको थियो । तथ्यांकअनुसार गत आवमा वाणिज्य बैंकहरूले कुल रू. ६३ अर्ब ३७ करोड ३८ लाख ३६ हजार खुद नाफा कमाएका छन्, जुन अघिल्लो आवको तुलनामा १० अर्ब ५७ करोड ३२ लाखले बढी हो । अघिल्लो आव २०७६/७७ मा बैंकहरूले रू. ५२ अर्ब ८० करोड ६ लाख खुद नाफा कमाएका थिए । त्यसअघि अर्थात् आव २०७५/७६ मा भने बैंकहरूले ६१ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको देखिन्छ । अघिल्लो आवमा कोरोना महामारीका कारण बैंकहरूको नाफा नमज्जाले प्रभावित भएको थियो । प्रवाहित कर्जा नउठ्दा र नयाँ व्यवसाय पनि विस्तार हुन नसक्दा व्यवसाय नमज्जाले प्रभावित भएको थियो । तर, गत आवमा भने बैंकहरूको नाफामा ह्वात्तै बढेको छ । बैंकहरूले व्यावसायिक गतिविधिबाट नै त्यस बराबरको नाफा कमाएका भने होइनन् । नाफा बढ्नुको पछाडि राष्ट्र बैंकको एक निर्देशन कारण रहेको छ । गत जेठमा राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै वाणिज्य बैंकहरूलाई पनि लघुवित्त वित्तीय संस्थाहरूको शेयर खरीद गर्न रोकेको थियो । साथै, खरिीद गरिसकेको शेयर पनि आगामी पुस मसान्तभित्र विक्री गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन थियो । वाणिज्य बैंकहरूले लघुवित्तको शेयर व्यापक मात्रामा खरीद गर्दै आएका थिए । तर, राष्ट्र बैंकको निर्देशनपछि बैंकहरूले धमाधम त्यस्तो शेयर विक्री गर्दै आएका छन् । त्यसको असरले नै बैंकहरूको नाफा बढेको बैंकरहरू बताउँछन् । साथै, व्यावसायिक गतिवधि पनि बढ्दो अवस्थामा रहेकाले नाफा बढेको बताइएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नाफा बढ्नुको मुख्य कारण लघुवित्त कम्पनीको शेयर विक्री गर्नु रहेको बताए । ‘हाम्रो बैंकको हकमा नाफा बढ्नुको मुख्य कारण यही हो । राष्ट्र बैंकको निर्देशनअनुसार त्यस्तो शेयर विक्री गर्नुपर्ने भएकाले समग्र बैंकिङ क्षेत्रको नाफा बढको देखिन्छ,’ उनले भने, ‘साथै, यस अवधिमा व्यावसायिक वृद्धि पनि राम्रो नै भएको छ ।’ गत आवमा नाफा कमाउने मामलामा अन्य बैंकलाई पछि पार्दै नबिल बैंक अग्र स्थानमा देखिएको छ । नबिल बैंकले समीक्षा वर्षमा रू. ४ अर्ब ५० करोड ४४ लाख खुद नाफा कमाएको छ । नाफा कमाउने मामिलामा सबैभन्दा बढी चुक्ता पूँजी भएको ग्लोबल आईएमई बैंक भने दोस्रो नम्बरमा रहेको छ । उक्त बैंकले रू. ४ अर्ब १२ करोड ६५ लाख खुद नाफा कमाएको छ । नाफा कमाउने मामिलामा अघिल्लो आवसम्म पहिलो नम्बरमा रहेको राष्ट्रिय वाणिज्य बैंक यसपटक भने तेस्रो स्थानमा पुगेको छ । बैंकले रू. ३ अर्ब ७९ करोड ५३ लाख नाफा कमाएको छ । सिभिल बैंक यसपटक पनि नाफा कमाउने मामलामा अन्तिम नम्बरमा रहेको छ । बैंकले ५५ करोड ९३ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना नियन्त्रण गर्न पहिलोपटक २०७६ चैत ११ गतेबाट २०७७ असारसम्म नै पूर्ण बन्दाबन्दी लगाइएको थियो । नमज्जाले प्रभावित भए । त्यो अवस्थामा कोरोना प्रभावित क्षेत्रमा प्रवाह भएको कर्जाको सावाँब्याज उठ्न सकेन । कर्जा पुनर्तालिकीकरण, सावाँब्याज भुक्तानीको म्याद थपजस्ता नीतिले अघिल्लो आवमा बैंकहरूको नाफा नमज्जाले प्रभावित भएको थियो । तर, चालू आवमा बैंकिङ गतिविधि बढ्दै गयो । त्यसको असरले नै नाफा बढेको बताइएको छ । शेयर कारोबार पनि बैंकहरूको नाफा बढ्न गएको बताइएको छ । यद्यपि गत वैशाख १६ गतेदेखि गरेको निषेधाज्ञा कारण बैंकको व्यवसाय प्रभावित भएको थियो ।

नबिल बैंकको नाफा साढे ४ अर्ब नाघ्यो

नबिल बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३०.०६ प्रतिशतले बढेको छ ।बैंकको खुद नाफा बढ्दा ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।गत असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १०.६४ प्रतिशत बढेर ७ अर्ब ७२ करोड ७० लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ६ अर्ब ९८ करोड ३६ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।समीक्षा अवधिमा बैंकको

युनाइटेड फाइनान्सलाई प्राप्ति गर्दै नबिल बैंक, १०० : ३५ शेयर स्वाप रेसियो

वैशाख ७, काठमाडौं । नंिबल बैंकले युनाइटेड फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने भएको छ । शुक्रवार नबिल बैंक र युनाइटेड फाइनान्स बिच प्राप्ति सम्बन्धि  सम्झौता भएको हो ।  नबिल बैंकले युनाइटेड फाइनान्सलाई १०० कित्ता शेयर बराबर ३५ कित्ता शेयर आदान प्रदान गर्ने गरी प्राप्ति गर्न लागेको जानकारी दिएको छ । यस आधारमा युनाइटेड फाइनान्सको १०० कित्ता शेयर हुने शेयरधनीहरुले नबिल बैंकको ३५ कित्ता शेयर प्राप्त गर्नेछन् ।  एनसीसी बैंक र नेपाल बंगलादेश बैंकसँग मर्जरको हल्ला चलिरहेको अवस्थामा नबिल बैंकले शुक्रवार युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक प्रकृया अघि बढाएको हो ।  हाल नबिल बैंकको चुक्तापूँजी रू. १३ अर्ब ४८ करोड १ लाख ५९ हजार रहेको छ भने युनाइटेड फाइनान्सको रू. १ अर्ब ४ करोड ८ लाख ३४ हजार छ । प्राप्ति पश्चात नबिलको चुक्तापूँजी रू. १४ अर्ब ५२ करोड ९ लाख ९३ हजार पुग्नेछ ।  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल बैंक लिमिटेडको वितरण योग्य नाफा रू. ३ अर्ब ८० करोड २४ लाख ९५ हजार रहेको छ । बैंकले यस वर्ष रू. ३ अर्ब १५ करोड ८६ लाख ८६ हजार खुद नाफा गरेको छ ।  रिटर्न अर्निङ सहित बैंकको जगेडा कोष रकम रू. १७ अर्ब ५२ करोड ६८ लाख  ३० हजार रहेको छ । यस वर्ष रू. २ खर्ब ८ अर्ब ३३ करोड ३८ लाख १८ हजार निक्षेप संकलन गरेको नबिल बैंकले रू. १ खर्ब ८६ अर्ब १९ करोड ३१ लाख ९८ हजार कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ६३ प्रतिशत रहेकोमा यस वर्ष शून्य दशमलव ४८ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. ३६ दशमलव ४० रहेको छ ।  त्यस्तै, तेस्रो त्रैमाससम्म युनाइटेड फाइनान्सको वितरण योग्य नाफा रू. ४ करोड ७३ लाख ५४ हजार रहेको छ । उक्त अवधिसम्म यस कम्पनीले रू. ८ करोड १६ लाख ५९ हजार खुद नाफा गरेको छ ।  युनाइटेड फाइनान्सको शेयर प्रिमियम रकम रू. १५ करोड ८६ लाख ८४ हजार, रिटर्न अर्निङ रू. १६ करोड ६८ लाख ६१ हजार र रिजर्भ रू. २९ करोड ३६ लाख ३९ हजार रहेको छ ।  कम्पनीले तेस्रो त्रैमाससम्म रू. ८ अर्ब ३७ करोड ४४ लाख ६९ हजार निक्षेप संकलन गरेको छ भने रू. ५ अर्ब ६३ करोड ५९ लाख ५२ हजार रहेको छ । प्रतिशेयर आम्दानी रू. १० दशमलव ४६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव ४९ रहेको छ ।

तीन महीनामा वाणिज्य बैंकहरूले कमाए आधा खर्ब खुद नाफा

काठमाडौं । कोभिड प्रभावित वर्ष भए पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकहरूले राम्रै नाफा कमाएका छन् । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरूले तेस्रो त्रैमासमा रू. ५० अर्ब ७४ करोड नाफा कमाउन सफल भएका छन् । कोभिड–१९ को चुनौती हुँदाहुँदै पनि बैंकहरूले गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवमा खुद नाफा १२ दशमलव १४ प्रतिशत वृद्धि गरेका छन् । यसअवधिमा बैंकहरूले करीब साढे ५ अर्ब रुपैयाँ थप कमाएका छन् । बैंकले यसअघि उठ्न बाँकी ब्याज (प्रोभिजनिङ) बाट र शेयर लगानीबाट आम्दानी गर्दा समग्रमा खुद नाफा बढ्न योगदान पुगेको बैंकरहरू बताउँछन् । यो वृद्धि गत आवको तेस्रो त्रैमासको तुलनामा राम्रो भएको देखिन्छ । गत आवको तेस्रो त्रैमासमा बैंकहरूको खुद नाफा २ दशमलव ३६ प्रतिशतले मात्र बढेको थियो अर्थात रू. १ अर्ब ५ करोड मात्रा थप नाफा कमाएका थिए । त्यसअवधिमा खुद नाफा करीब रू. ४५ अर्ब थियो । यसको तुलनामा चालू आवमा सन्तोषजनक नाफा भएको बैंकरहरू बताउँछन् । बैंकहरूको आम्दानीको मुख्य स्रोत नै कर्जाको ब्याज र विभिन्न सेवा शुल्क हुन् । गत आवको तुलनामा यसपटक ब्याज आम्दानीभन्दा सेवा शुल्कको आम्दानी बढी देखिएको छ । बैंकहरूले चैतसम्ममा ९५ अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेका छन् । गत आवको सोहीअवधिमा यस्तो आम्दानी  ९८ अर्ब ८ करोड रुपैयाँ थियो । चालू आवको ९ महीनासम्ममा खुद शुल्क आम्दानी रू. १९ अर्ब ६३ करोड भएको बैंकको वित्तिय विवरणले देखीन्छ । गत आवको सोही अवधिमा यस्तो आम्दानी रू. १७ अर्ब ७५ करोड थियो । यसपटक ६ अर्ब ६८ अर्ब कर्जा प्रवाह बढे पनि बैंकहरूको ब्याज आम्दानी घट्नुको कारण कर्जा–निक्षेप ब्याजदर अन्तर कम हुने हो । बैंकहरूको बीचमा तीव्र प्रतिस्पर्धा हुँदा कर्जा–निक्षेप ब्याजदर अन्तर घटेकाले समग्रमा बैंकहरूको ब्याज आम्दानी घटेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । ‘कर्जा प्रवाह बढेअनुसार ब्याज आम्दानी धेरै बढ्नुपथ्र्यो तर यसपटक बढेन ।’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका दाहालका अनुसार अहिलेको नाफा बढ्नुको कारण प्रोभिजनिङमा रहेको रकम केही मात्रामा फिर्ता आउनु हो । ‘अब प्रोभिजनमा धेरै छैन, क्रमशः घट्दै छ । शेयरमा लगानी गरेकाले यसको आम्दानी बढ्दा समग्रमा नाफा बढेको देखिन्छ,’ उनले अभियानसँग भने । यसअवधिमा सानिमा बैंकले १८ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको तुलनामा १४ दशमलव ६७ प्रतिशत अर्थात् २३ करोड ७४ लाख रुपैयाँ बढी हो । गत आवको चैतमा कोभिडको प्रभाव वित्तीय विवरणमा परेको बताउँदै उनले अब वैशाख १६ गतेदेखि भएको बन्दले पनि बैंकको आम्दानीमा प्रभाव पर्ने उनको भनाइ छ । ‘कोभिड लम्बिए धेरै असर गर्छ,’ उनले भने । तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार नाफा कमाउने मामलामा नबिल बैंक पहिलो स्थानमा रहेको छ । बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा पनि यो बैंक अग्र स्थानमा थियो । जनता बैंकलाई प्राप्ति गरेको ग्लोबल आईएमई बैंकले ३ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाउँदै नााफा आर्जनमा दोस्रो बनेको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएर तेस्रो स्थानमा आएको छ । कर्जा प्रवाहमा अगाडि रहेको एनआईसी एशिया बैंकले भने रू ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा कमाएर चौथो स्थानमा रहेको छ । आधा दर्जन बैंकको नाफा घट्यो प्रकाशित वित्तीय विवरणअनुसार आधा दर्जन वाणिज्य बैंकको खुद नाफा घटेको छ । वित्तीय विवरणअनुसार सेञ्चुरी बैंकको नाफामा सबैभन्दा ठूलो ह्रास आएको छ । यस बैंकको नाफा ६० दशमलव ८९ प्रतिशतले घटेर ३५ करोड ८१ लखमा सीमित भएको छ । गत आवको सो अवधिमा यस्तो नाफा रू ९१ करोड ५७ लाख रहेको थियो । मर्जरको कदम चाल्न लागेको हिमालयन बैंकको खुद नाफा ४४ दशमलव ४५ प्रतिशतले खुम्चिएको छ । तेस्रो त्रैमासमा रू. १ अर्ब २८ करोड नाफा गरेको छ । गत वर्ष २ अर्ब २१ करोडको नाफा गरेको थियो । नेपाल एसबीआई बैंकको खुद नाफा वृद्धि ३८ दशमलव ९१ प्रतिशतले घटेको छ । एभरेष्ट बैंकको ३५ दशमलव ९३ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३४ दशमलव ३४ प्रतिशत र नेपाल क्रेडिट एन्ड कमर्श बैंकको ५ दशमलव ५५ प्रतिशतले खुद नाफा घटेको वित्तीय प्रतिवेदनले देखाएको छ । वितरणयोग्य नाफामा सुधार खुद नाफा वृद्धि घटे पनि बैंकहरूको वितरण योग्य नाफामा भने संकुचन देखिएको छैन । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण्ण अनुसार २७ ओटै बैंकको वितरणयोग्य नाफा गत आवको भन्दा सुधारीएको छ । समग्रमा वाणिज्य बैंकको वितरणयोग्य नाफा ३५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । गत आव यस्तो नाफा १२ अर्ब रुपैयाँ मात्र थियो । अझ आधा दर्जन बैंकको वितरणयोग्य नाफा ऋणात्मक थियो । गतवर्ष ब्याज आम्दानी हुन नसकेपछि नाफा प्रभावित भएको थियो । उठ्न बाँकी आम्दानीलाई पनि एनएफआरएस प्रणालीमार्फत देखाउनुपर्ने भएकाले नाफा बढेको मात्र देखिएको थियो । तर, यसलाई लेखापद्धतिअनुसार वितरणयोग्य नाफामा देखाउन नमिलेर त्यस्तो देखिएको बैंकरहरूले बताएका थिए ।