गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट ३४ करोड ५ लाख ७५ हजार रुपैयाँको रिचार्ज काड आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउन–असार महिनासम्मको अवधिमा उक्त मूल्यको रिचार्ज कार्ड भित्रिएको हो ।भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको अवधिमा ६९ हजार ६१३ किलोग्राम रिचार्ज कार्ड भित्रिएको हो । नेपालमा आयात हुने सबै रिचार्ज कार्ड भारतबाट आउने गरेको छ । यस अवधिमा नेपाल भित्रिएको रिचार्ज कार्ड सबै भारतबाटै भित्रिएको छ ।