नेपालको संविधान र कानुनले सबै जाति, वर्ग, लिङ्गबीच समानता कायम गर्ने व्यवस्था गरे पनि व्यवहारमा पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन । समाजमा अहिले पनि विभेद, हत्या, हिंसा, बलात्कार, हत्या, जातीय छुवाछूतदेखि वादी, छाउपडीजस्ता कुप्रथा पूर्णरुपमा अन्त्य हुन सकेको छैन । विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भए पनि पीडितहरू अहिले पनि न्यायको आशामा छन् । …