कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले प्रधानन्यायाधीशको पद लामो समय खाली राख्नु संवैधानिक व्यवस्था विपरीत भएको बताएका छन् । आइतबार रातोपाटीसँग संक्षिप्त कुराकानी गर्दै कामु प्रधानन्यायाधीश कार्कीले प्रधानन्यायाधीशको पद लामो समय खाली राख्नु संविधानको मर्म र भावना विपरीत भएको बताएका हुन् । उनले भने, ‘प्रधानन्यायाधीश जस्तो पद यति लामो समय खाली राख्नु संविधान विपरीत छ । संविधानले गरेको व्यवस्था त्यो होइन । यति लामो समय खाली राख्नु कदापि राम्रो होइन । यसले राम्रो नजिर पनि राख्दैन । महाभि