उपसभामुख पदको निर्वाचन संवैधानिक व्यवस्था अनुसार नै भएको छः ओनसरी घर्ती

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)की सांसद एवम् पूर्वसभामुख ओनसरी घर्तीले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन संवैधानिक व्यवस्था अनुसारनै भएको टिप्पणी गरेकी छन् । शुक्रबार उपसभामुखमा काँग्रेस सांसद पुष्पा भुसाल निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा यस्तो भनाइ राखेकी हुन् । प्रमुख प्रतिपक्ष दल एमालेले संविधानले सत्ता पक्षले सभामुख पाएपछि उपसभामुख प्रतिपक्षले पाउनुपर्ने व्यवस्था गरेको जिकीर गरिरहेको बेला घर्तीले भने संविधानमा फरक लिङ्ग र फरक दल भनेको र सोही