काठमाडौं : सरकारले पुन: एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७९ स्वीकृत गरेको छ। तीन वर्ष अगाडि वैदेशिक रोजगार बोर्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पठाएको निर्देशिका बुधबार स्वीकृत भएको हो।विश्वभरी महामारीको रुपमा कोरोना भाइरस फैलिएसँगै नेपाली श्रमिक अलपत्र परे। कतिपय स्वदेश फर्किएर बेरोजगारी भए। ती युवालाई लक्षित गर्दै वैदेशिक रोजगार बोर्डले निर्देशिका तयार गर्याे।वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारबाट फर्केका श्रमिकको पुनः एकीकरण