बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पारित भएको छ । बागमती प्रदेशसभाको बिहीबार (आज) बसेको बैठकमा सरकारले ल्याएको ७० अर्ब रुपैयाँ भन्दा बढीको बजेट बहुमतले पारित गरिएको हो ।बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले गत असार १ गते बुधबार प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँ बजेटको ल्याएको छ ।सरकारको आगामी आर्थिक वर्षको लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँको बजेटमध्ये चालु तर्फ १९ अर्ब २ करोड रुपैयाँ, पुँजी