धनगढी : अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा किशोर विनोद शाही मृत फेला प्रकरणमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन्। विनोद शाहीको हत्या अभियोगमा पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर चलाउनेसहित ७ जना प्रकाउ परेका हुन्।यसअघि ५ जनालाई मात्रै प्रहरीले पक्राउ गरेकोमा हिजो (शनिबार) चलाउनेसहित थप २ जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आर्चायले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार हिजो पञ्चदेवल विनायक नगरपालिकाकी नवनि