काठमाण्डाै - इथियोपियाले आफ्नो देशमा कार्यरत संयुक्त राष्ट्रसङ्घका सात जना उच्च अधिकारीलाई देश निकाला गरेको छ ।
इथियोपियाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको तथा बिचौलिया बन्न खोजेको आरोपसहित उनीहरुलाई देश निकाला गरिएको बीबीसीले जनाएको छ । इथियोपिया सरकारले विज्ञप्तिमार्फत ७२ घण्टाभित्र आफ्नो देश छाड्न उनीहरुलाई आदेश दिएको छ ।
इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रमा मानवीय सङ्कट रहेको विषयमा राष्ट्रसङ्घका अधिकारीहरुले बारम्बार आवाज उठाइरहेका थिए।राष्ट्रसङ्घका अधिकारीहरुले आफ्नो देशको आन्तरिक मामिलामा चाहिने भन्दा धेरै प्रच...