काठमाडौं : पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आइतबार २७ र सोमबार ३७ जना संक्रमितको मृत्यु भएको छ। जसकारण मृतकको शव व्यवस्थापन गर्न समेत समस्या हुन थालेको छ।
यसअघि कोरोनाबाट मृत्यु भएकाहरुको शव पशुपतिको विद्युतीय शवदाह गृहमा मात्र व्यवस्थापन गरिँदै आएको थियो। तर, शव धेरै भएकाले विद्युतीय शव गृहले थेग्न सकेन। त्यसो त नेपाली सेनाले आइतबारबाट पशुपतिको बागमती किनारामै शव जलाउन थालेको छ।&nb...