कास्की – पाेखरा महानगरपालिकाकाे मेयरमा नेपाली कांग्रेसबाट १८ जनाले मनाेनयन दर्ता गरेका छन् । कांग्रेस पोखरा महानगर समितिले नाम दर्ता गराउन आह्वान गरेपछि मेयरमा १८ जना र उपमेयरमा आठ जनाले मनाेनयन दर्ता गरेका हुन् ।
मेयरका लागि कांग्रेसबाट गंगाधर पराजुली, सुदीप मोहन भट्टराई, डा. परमेश्वर पोख्ररेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखेकाे नाम दाबी पेस भएकाे छ । यस्तै किशोरदत्त बराल, वि...