लम्कीचुहाको मेयरमा कांग्रेसबाट दुईजनालाई टिकट, आधिकारिक को?

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकामा नेपाली कांग्रेसले एउटै पालिकामा दुईजनालाई टिकट दिएको खुलेको छ।पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सुशीला शाहीलाई र प्रदेश सभापति वीरबहादुर बलायरले बक्त थापालाई टिकट दिएको खुलेको हो।उनीहरू दुवैजनाले आफू आधिकारिक उम्मेदवार भएको दाबी गरिरहेका छन्। गठबन्धनको भागबण्डाअनुसार लम्कीचुहा नगरपालिका कांग्रेसको भागमा परेको थियो। मनोनयन दर्ताकै दिन दुवैजनाले आफूलाई आधिकारिक उम्मेदवार भनेपछि विवाद पैदा भएको छ। यता, नगर कार्यसमितिले भने

सम्बन्धित सामग्री

दिक्तेल मेयरमा कांग्रेसबाट तीर्थराजको उम्मेदवारी कायम

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेपाली कांग्रेसबाट तीर्थराज भट्टराईको उम्मेदवारी कायम भएको छ । यसअघि कांग्रेसबाट मेयरमा भट्टराई र धर्मराज पोखरेलको मनोनयन दर्ता भएपछि आधिकारिकताको विषयमा अन्योल भएको थियो । कांग्रेस प्रदेश समितिले पोखरेललाई र केन्द्रीय समितिले भट्टराईलाई मेयरको टिकट दिएपछि ‘को आधिकारिक उम्मेदवार हुन्’भन्ने विवाद चर्किएको थियो । पोखरेलले बुधबार साँझ कांग्रेस […]

बर्दिबासको मेयरमा कांग्रेसबाट दुई जनाले टिकट पाएपछि…..

१२ वैशाख, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट दुई जना टिकट लिएर मनोनयन दर्ता गर्न पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहितको पत्र लिएर चिरञ्जीवी दाहाल र प्रल्हादकुमार क्षेत्री मेयरको उम्मेदवारी दर्ता गर्न गएका थिए । तर पछि निर्वाचन अधिकृतको कार्यालयलाई सभापति देउवाले दाहाल आधिकारिक उम्मेद्‍वार भएको पत्र पठाएका थिए । त्यसपछि […]

धरान उपमहानगरमा एमाले विजयी

धरान उपमहानगरपालिकामा एमाले विजयी भएको छ । एमालेका मेयर तारा सुब्बा र उपमेयर मञ्जु भण्डारी निर्वाचित भएका छन् । निर्वाचत अधिकृत कार्यालयले आधिकारिक घोषणा गर्न भने बाँकी छ । धरान उपमहानगरमा मेयरमा कांग्रेसबाट तिलक राई र माओवादी केन्द्रबाट अइन्द्रविक्रम बेघा उम्मेदवार थिए ।