लितपुरको मेयरमा कांग्रेसबाट चिरीबाबु

ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । उनी सत्तारुढ गठबन्धनमा रहेका दलहरूका साझा उम्मेदवार हुन् ।महर्जनले सोमबार दिउँसो जावलाखेलस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । उनी २०७४ सालमा पनि ललितपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । ललितपुरको उपमेयरमा भने गठबन्धनबाट माओवादीका बाबुराजा बज्राचार्य उम्मेदवार बनेका छन् । […]