काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि काठमाडौं महानगरपालिकाको मेयरमा आनन्दराज जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका छन्। जोशीले राष्ट्रिय यथार्थवादी पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्। यस्तै, काठमाडौं महानगरपालिका १६ काे वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार शान्जे गुरुङले पहिलो उम्मेदवारी दर्ता गराएका छन्।