धनगढी : आज भाद्र कृष्ण प्रतिपदा अर्थात गाईजात्रा पर्व। विशेष गरी नेवारी समुदायले दिवंगत आफन्तको सम्झनामा यो पर्व मनाउने गर्दछन्।भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा पर्व विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ। सुदूरपश्चिमको डोटी सदरमुकाम सिलगढीमा बसोबास गर्दै आएका नेवारी समुदायले पनि दशकौँदेखि गाईजात्रा मनाउँदै आएका छन्।प्रताप मल्लले आफ्नो पालामा गाईजात्रा मनाउने चलन चलाएका थिए। सोही समयदेखि सिलगढीमा पनि गाईजात्रा मनाउन थालिएको हो। दुःख बिर्साउन यो जात्रा मनाउन थालिएको