मधेश प्रदेश सरकारबाट कांग्रेसका सबै मन्त्री बर्खास्त

जनकपुरधाम । नेपाली कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेर मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सरकार पुनर्गठन गरेका छन् । कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिएपछि मुख्यमन्त्री यावदले उनीहरुलाई बर्खास्त गरेका हुन् । कांग्रेसबाट संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार तथा विकासमन्त्री, वीरेन्द्र सिंह स्वास्थ्य तथा जनसंख्यामन्त्री र मोहम्मद समिम गृह, सञ्चार तथा कानूनमन्त्री थिए । नयाँ सत्ता […]

सम्बन्धित सामग्री

मधेश प्रदेश: चार दलका ६ मन्त्री बर्खास्त

मुख्यमन्त्री सतिश कुमार सिंहले आज चार दललाई सरकारबाट हटाउँदै ६ मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

मधेशमा एमालेबाट सरोज यादव मन्त्री नियुक्त, कांग्रेसका मन्त्री बर्खास्त

काठमाडौं,५ चैत । नेकपा एमाले आज मधेश प्रदेश सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा एमाले सहभागी भएको हो । मालेका सरोज यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन्। मुख्यमन्त्री सरोज कुमार यादवले उनलाई भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव भौतिक मन्त्री थिए। मधेश सरकारमा एमालेले भौतिक पुर्वाधार […]

देउवालाई जसपाको जवाफ, मधेशमा कांग्रेसका तीन मन्त्री बर्खास्त

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना चार मन्त्री बर्खास्त गरेपछि जनता समाजवादी पार्टी (जसपा) ले यसको बदला प्रदेशमा लिएको छ। देउवाको निर्णय २४ घण्टा नबित्दै मधेश प्रदेश सरकारले कांग्रेसका तीन जना मन्त्रीलाई बर्खास्त गरेको हो। ‘अहिले कांग्रेसका तीन जना मन्त्रीलाई मात्रै हटाएका छौं’, जसपाका प्रवक्ता मनिष सुमनले भने, ‘माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीबारे तत्काल केही निर्णय भएको छैन।’मुख्यमन्त्री लालबाबु राउतले भौतिक पूर्वाधार विकास

मधेस प्रदेशका कांग्रेसका तीन मन्त्री बर्खास्त

काठमाडाैं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गर्नुभएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जनता समाजवादी पार्टी मन्त्रीलाई बर्खास्त गरेको भोलिपल्ट मुख्यमन्त्री राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गर्नुभएकाे हाे । जसअनुसार बर्खास्त हुनेमा कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, […]

उपेन्द्रले लिए देउवासँग बदला, मधेश प्रदेश सरकारबाट कांग्रेसका मन्त्री बर्खास्त

संघीय सरकारबाट आफ्ना मन्त्री हटाईएपछि  जनता समाजवादी पार्टीले त्यसको बदला लिएको छ । जसपाले आफ्नो नेतृत्वको सरकार रहेको मधेश प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरुलाई बर्खास्त गरेको हो  ।मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने ३ जना मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् । उनले कांग्रेसबाट मधेश प्रदेश सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई बर्खास्त गरेका हुन्। अब यी ३ वटै मन्त्रालय मुख्यमन्त्री स्वयंले नै सम्हाल्ने छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले   बिहिबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेपछि उनले मधेश प्रदेश सरकारबाट कांग्रेसका मन्त्री बर्खास्त गरेर बदला लिएका हुन्। सत्ता गठबन्धन छोडेर प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि देउवाले  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई बर्खास्त गरेका थिए ।यसको बदला स्वरुप जसपाले मधेश प्रदेश सरकारमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस) पार्टीका सबै मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेको थियो । तर मुख्यमन्त्री राउतले काँग्रेसका मात्र मन्त्री बर्खास्त गरेर  अन्य दलका मन्त्रीलाई भने हाल कायम नै राखेका छन्।  हाल मधेश प्रदेशमा जसपा नेता लाल बाबु राउत मुख्यमन्त्री छन् । केन्द्र सरकारले आफ्ना मन्त्रीलाई हटाएपछि उनले पनि आफ्नो मन्त्रिपरिषदबाट कांग्रेसका मन्त्री हटाएका हुन् ।

मधेश सरकारबाट कांग्रेसका ३ मन्त्री बर्खास्त

२८ असोज, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन् । कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश […]