काठमाडौँ । प्रस्तावित सङ्घीय निजामती सेवा ऐनमा आफूहरूले उठाउँदै आएका मागलाई सम्बोधन गरिनुपर्ने भन्दै सोमबार बिहान नायब सुब्बा बचाऊ अभियानको पहलमा कर्मचारीहरूले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन् । सेवाको सुरक्षा, पेशागत हित र वृत्ति विकासका विषयलाई ध्यान नदिइएकोले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको बताएका उनीहरूले सङ्घ, प्रदेश र स्थानीय तहमा एकरूपता […]