नेपालमा महँगो धातु सुनचाँदीको कारोबार कानुनबाहिरबाट भइरहनुले सरकारको नालायकीपनलाई देखाएको छ । सर्वसाधारणले प्रयोग गर्ने धेरै वस्तुमध्ये सुनचाँदी सबैभन्दा महँगो छ । सुनको सानो परिमाणलाई पनि लाखौं रुपैयाँ पर्छ । यति बहुमूल्य वस्तुको कारोबारलाई कानुन बनाएर उचित व्यवस्थापन गर्न नसक्नु सरकारका लागि लाजमर्दो हो । त्यसमा पनि व्यवसायीले पटक–पटक कानुन बनाएर यसको कारोबारलाई व्यवस्थापन गर्न […]