फरार सांसद कोइरीको 'बिरामी बिदा'बारे अर्को अधिवेशनमा निर्णय

फरार सांसद लक्ष्मी महत्तो कोइरीको 'बिरामी बिदा' विषयमा आगामी अधिवेशनमा निर्णय गर्ने भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकको अन्तिम दिन कोइरी बाहेकका सांसदहरुको बिरामी बिदा स्वीकृत भएको जानकारी गराए । 'सांसद लक्ष्मी कोइरीको बारेमा विभिन्न विषयहरु उठेकाले यस विषयमा आगामी अधिवेशनमा कानुनअनुसार निर्णय हुनेछ,' सभामुख घिमिरेले बैठकमा जानकारी गराएका छन् ।

सम्बन्धित सामग्री

फरार सांसद कोइरीको बिदा स्वीकृतको निर्णय अर्को अधिवेशनमा

काठमाडौँ – हत्याका अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको बिरामी बिदाको निर्णय प्रतिनिधिसभाको अर्को अधिवेशनमा हुने भएको छ। शुक्रबार साँझ बसेको पहिलो अधिवेशनको अन्तिम बैठकमा सभामुख देवराज घिमिरेले कोइरीको बिरामी बिदासम्बन्धी प्रस्तावमा सांसदहरूले प्रश्न उठाएकाले अर्को बैठकमा कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने जानकारी गराएका थिए। ‘माननीय श्री लक्ष्मी महतो कोइरीका बारेमा सभामा […]

फरार सांसद कोइरीको विषयमा संसद्को अर्को अधिवेशनमा निर्णय हुने

काठमाण्डाै - फरार सांसद लक्ष्मी महत्तो कोइरीको बिरामी बिदाबारे संसद्को अर्को अधिवेशनमा निर्णय हुने भएको छ । सभामुख देवराज घिमिरेले कोइरी बाहेकका अरु सांसदहरुको बिरामी बिदा स्वीकृत भएको जानकारी दिँदै सांसद कोइरीको बारेमा विभिन्न विषयहरु उठेकाले आउँदो अधिवेशनमा कानुनअनुसार निर्णय हुने जानकारी दिनुभएको हो । प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुख घिमिरेले माओवादी सांसद वर्षमान पुन, कांग्रेस सांसदहरु चन्द्र भण्डारी, विनाकुमारी थनैत र मनोरमा शेरचनको बिरामी बिदा सदनले स्वीकृत गरेको जानकारी दिनुभयो। यसअघि फरार...

फरार सांसद कोइरीको बिरामी बिदा भएन स्वीकृत, अर्को अधिवेशनसम्म निलम्बन निश्चित

काठमाडौंः महोत्तरी १ बा निर्वाचित नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको बिरामी बिदाबारे प्रतिनिधि सभाले कुनै निर्णय गरेन। अधिवेशन अन्त्यका क्रममा दश वा सोभन्दा बढी बैठकमा लगातार अनुपस्थित सांसदको बिदाबारे निर्णय गर्ने अभ्यास भए पनि कोइरीको हकमा विवाद भएपछि निर्णय नभएको हो।  सत्तापक्षका सांसदहरुले फरार अभियुक्तलाई बिरामी भनेर प्रस्ताव…

फरार सांसद निलम्बन गर्न आनाकानी

फौजदारी अपराधका अभियुक्त भई फरार रहेका सांसदलाई निलम्बन गरी सेवा सुविधाबाट वञ्चित गर्नुपर्ने सांसदहरूको मागलाई बेवास्ता गर्दै प्रतिनिधिसभा नियमावली मस्यौदा समिति नेतृत्वले निर्णय गर्न आनाकानी गरेको छ । समितिको बिहीबारको बैठकमा बाेल्ने सांसदहरूले फरार हुनु भनेकाे कानुन र अदालतकाे अवज्ञा हुने भएकाले नियमावलीमा उनीहरूलाई निलम्बन गरी सेवासुविधाबाट वञ्चित गर्नुपर्ने माग राखेका छन् ।

फरार सांसद कोइरी र उद्योगी मुरारकासहित ६ जनाको विभूषण रद्द

सरकारले सुरक्षाकर्मी हत्या अभियोगमा फरार सांसद लक्ष्मी महतो कोइरी र भ्रष्टाचार मु्द्दा चलिरहेका उद्योगी पशुपति मुरारकासहित ६ जनाको विभूषण रद्द गरेको छ । मन्त्रिपरिषद्को गत साता बसेको बैठकले उनीहरूको विभूषण रद्दको निर्णय गरेको हो ।