फरार सांसद निलम्बन गर्न आनाकानी

फौजदारी अपराधका अभियुक्त भई फरार रहेका सांसदलाई निलम्बन गरी सेवा सुविधाबाट वञ्चित गर्नुपर्ने सांसदहरूको मागलाई बेवास्ता गर्दै प्रतिनिधिसभा नियमावली मस्यौदा समिति नेतृत्वले निर्णय गर्न आनाकानी गरेको छ । समितिको बिहीबारको बैठकमा बाेल्ने सांसदहरूले फरार हुनु भनेकाे कानुन र अदालतकाे अवज्ञा हुने भएकाले नियमावलीमा उनीहरूलाई निलम्बन गरी सेवासुविधाबाट वञ्चित गर्नुपर्ने माग राखेका छन् ।

सम्बन्धित सामग्री

अभियुक्त सांसद कोइरी बर्खास्त न निलम्बित

सुरक्षाकर्मीको हत्या अभियोगमा फरार एमाले सांसद लक्ष्मी कोइरी महतो अझै निलम्बनमा परेका छैनन् । फरार सांसद निलम्बन हुने प्रतिनिधिसभा नियमावलीको व्यवस्थाविपरीत उनी सांसदकै हैसियतमा छन् । ‘सदनलाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहे’ बर्खास्त हुने संवैधानिक व्यवस्थाअनुरूप पनि उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छैन ।

फरार सांसद निलम्बन गर्न संविधान बाधक

फरार सांसदबारे स्पष्ट व्यवस्था नहुँदा सांसद कोइरीलाई निलम्बन गर्न प्रतिनिधिसभालाई सकस फौजदारी अभियोगमा फरार