फरार सांसद कोइरीको विषयमा संसद्को अर्को अधिवेशनमा निर्णय हुने

काठमाण्डाै - फरार सांसद लक्ष्मी महत्तो कोइरीको बिरामी बिदाबारे संसद्को अर्को अधिवेशनमा निर्णय हुने भएको छ । सभामुख देवराज घिमिरेले कोइरी बाहेकका अरु सांसदहरुको बिरामी बिदा स्वीकृत भएको जानकारी दिँदै सांसद कोइरीको बारेमा विभिन्न विषयहरु उठेकाले आउँदो अधिवेशनमा कानुनअनुसार निर्णय हुने जानकारी दिनुभएको हो । प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुख घिमिरेले माओवादी सांसद वर्षमान पुन, कांग्रेस सांसदहरु चन्द्र भण्डारी, विनाकुमारी थनैत र मनोरमा शेरचनको बिरामी बिदा सदनले स्वीकृत गरेको जानकारी दिनुभयो। यसअघि फरार...

सम्बन्धित सामग्री

हत्या अभियाेगमा फरार सांसद काेइरी निलम्बित

काठमाण्डाै – हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा पर्नुभएको छ ।सभामुख देवराज घिमिरेले कोइरीलाई निलम्बन गर्नुभएको र यो जानकारी संसद्को सूचना पार्टीमा टाँसिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । अब कोइरी फरार रहुन्जेल र मुद्दाको फैसला नहुन्जेल सांसद पदमा रहन अयोग्य हुनुभएको छ । यसअघि कोइरीलाई पक्राउ गर्नका लागि सहयाेग माग्दै प्रहरी प्रधान कार्यालयले सभामुख देवराज घिमिरेलाई पत्र पठाएको थियो ।मधेस आन्दोलनका बेला २०७२ भदौ २५ गते आन्दोलनकारीको कुटाइबाट गम्भीर घा...