नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले काभ्रेको चौरीदेउराली गाउँपालिका–५ चौरीमा प्रचण्ड–नेपाल समूहले छापामार आक्रमण गरेको आरोप लगाएको छ ।
ओली समूहका बागमती प्रदेश अध्यक्ष आनन्दप्रसाद पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै १ दर्जन मोटरसाइकलमा आएका आतताई र हतास मनस्थितिका प्रचण्ड–नेपाल समूहका व्यक्तिले आइतवार राति १०ः३० बजे तोडफोड गरेका आरोप लगाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नियमित संगठनको गतिविधि र वडा पार्टी संगठन विस्तारमा जाँदा राति शिव गौतमको घरमा बास बस्ने क्रममा नेताहरूले प्रयोग ...