युएईलाई हराउँदै हङकङ एसिया कपमा

एजेन्सी – युएईलाई हराउँदै हङकङले शनिबार देखि युएईमा सुरुहुने टि२० एसिया कपमा स्थान बनाएको छ । टि२० एसिया कप छनोटको निर्णायक खेलमा बुधबार राती हङकङले युएईलाई ८ विकेटले हराउँदै एसिया कपमा पुगेको हो । हङकङले एसिया कपमा विश्व क्रिकेटका दुई उत्कृष्ट टोली भारत र पाकिस्तानसँग खेल्नेछ । जितको लागि १ सय ४८ रनको लक्ष्य पछ्याएको […]

सम्बन्धित सामग्री

यू–१९ विश्व कप एसिया क्षेत्र छनाेट : नेपालले आज मलेसियासँग खेल्दै

काठमाण्डाै - आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया क्षेत्र छनोटमा नेपालले आज मलेसियासँग खेल्दैछ । नेपालले आज आफ्नो चौथो खेल खेल्न लागेको हो । खेल बिहान सवा ११ बजे यूएईको मलेक मैदानमा सुरु हुनेछ । हिजोको खेलमा नेपालले हङकङलाई ९ विकेटले हराउँदै लगातार तेस्रो जित निकालेको छ । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले हराएको थियो । नेपालले बिहीवार घरेलु टोली यूएईसँग खेल्नेछ । नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई ६ टोली सहभागी प्रतियोगि...

पाकिस्तान सुपर चारमा, भारतसँग फेरि भिड्ने निश्चित

पाकिस्तान एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । युएईमा जारी प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा हङकङलाई १५५ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान सुपर चारमा पुगेको हो ।सारजाह क्रिकेट मैदानमा पाकिस्तानले दिएको १९४ रनको लक्ष्य पछ्याएको हङकङ १० ओभर ४ बलमा ३८ रन जोड्दा अलआउट भयो ।हङकङका लागि कप्तान निजाकट खानले सर्वाधिक ८ रन बनाए । हङकङका कुनैपनि खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।पाकिस्तानका लागि शादब खानले चार विकेट लिए । त्यस्तै मोहमद नवाजले तीन विकेट लिँदा नासिम शाहले दुई विकेट लि

पाकिस्तान एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश : हङकङ ३८ रनमा अलआउट

पाकिस्तान एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । गएराति यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा हङकङलाई १ सय ५५ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान सुपर चारमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको हङकङ १० ओभर ४ बलमा ३८ रनमा अलआउट भयो । हङकङका कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । पाकिस्तानका शादब खानले ४, मोहमद नवाजले ३ विकेट तथा नासिम शाहले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा २ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । पाकिस्तानका ...

पाकिस्तानको फराकिलो जित, हङकङ ३८ रनमा अल आउट

काठमाडौं – पाकिस्तान युएईमा जारी एसिया कप क्रिकेटको शीर्ष चारमा प्रवेश गरेको छ । सारजाह क्रिकेट मैदानमा शुक्रबार हङकङलाई १ सय ५५ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान शीर्ष चारमा पुगेको हो । जितको लागि १ सय ९४ रनको विशाल विजयी लक्ष्य पछ्याएको हङकङ १०।४ ओभरमा ३८ रनमा अल आउट भयो । हङकङका कप्तान निजाकत खानले […]

एसिया कप क्रिकेटमा आज भारत र हङकङ खेल्दै

एसिया कप क्रिकेटमा आज भारत र हङकङ खेल्दैछन् । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बेलुका पौने आठ बजे सुरु हुनेछ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ५ विकेटले हराएको थियो । आजको खेल जिते भारत सुपर चारमा पुग्नेछ । हङकङ आज पहिलो खेल खेल्न लागेको हो । साथै हङकङले भारतसँग पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । तर एकदिवसीयमा भएका दुई खेलमा भने भारत विजयी भएको छ । एसिया कप क्रिकेटमा ६ टोली सहभागी छन् । गएराति भएको खेलमा बंगलादेशलाई हराउँदै अफगानिस्तान सुपर चारमा प्रव...

एसिया कप क्रिकेट आजदेखि : उद्घाटन खेलमा अफगानिस्तान र श्रीलङ्का खेल्दै

काठमाण्डाै - एसिया कप क्रिकेट आजदेखि सुरु हुँदैछ । यूएईमा हुने टी–२० फर्म्याटको प्रतियोगितामा ६ टोली सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेलमा आज बेलुका पौने आठ बजे अफगानिस्तान र श्रीलङ्काबीच खेल हुँदैछ। एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । हङकङ यूएईलाई हराउँदै एसिया कपमा छनोट भएको हो । पाकिस्तानको पहिलो खेल भोलि भारतसँग रहेको छ । त्यस्तै अगस्ट...

यूएईलाई ८ विकेटले हराउँदै हङकङ एसिया कपमा छनोट

हङकङले दुई दिनपछि सुरु हुने एसिया कप क्रिकेट खेल्ने भएको छ । एसिया कप छनोटमा यूएईलाई ८ विकेटले पराजित गर्दै हङकङ टी–२० एसिया कपमा छनोट भएको हो ।

यूएईलाई हराउँदै हङकङ एसिया कप क्रिकेटमा छनोट

काठमाण्डाै - यूएईलाई हराउँदै हङकङ एसिया कप क्रिकेटका लागि छनोट भएको छ । गएराति यूएईको अलअमिरात मैदानमा भएको खेलमा यूएईलाई हराउँदै हङकङ शीर्ष स्थानमा रहेर एसिया कपका लागि छनोट भएको हो । यूएई ८ विकेटले पराजित भयो । जितसँगै हङकङले ३ खेलमा ६ अङ्क जोडेको छ । यूएईले दिएको १ सय ४८ रनको लक्ष्य हङकङले १९ ओभरमा २ विकेट गुमाएर भेट्टायो । हङकङका यासिम मुर्ताजाले ५८ रनको अर्धशतकीय पारी खेले । यूएईका जुनेद सिद्दिकी र बासिल हामिदले १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ४...

युएईलाई हराउँदै हङकङ एसिया कपमा छनोट

मलेसियामा सम्पन्न एसिया कप छनोटमा युएईलाई हराउँदै हङकङ एसिया कपका लागि छनोट भएको छ। बिहिबार मलेसियाको किनरारा ओभल मैदानमा युएईले दिएको १७७ रनको लक्ष्य तीन बल अगावै पुरा गर्दै हङहङ युएईमा आगामी महिना हुने एसिया कपका लागि छानिएको हो।