काठमाण्डाै - आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया क्षेत्र छनोटमा नेपालले आज मलेसियासँग खेल्दैछ । नेपालले आज आफ्नो चौथो खेल खेल्न लागेको हो ।
खेल बिहान सवा ११ बजे यूएईको मलेक मैदानमा सुरु हुनेछ । हिजोको खेलमा नेपालले हङकङलाई ९ विकेटले हराउँदै लगातार तेस्रो जित निकालेको छ । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले हराएको थियो । नेपालले बिहीवार घरेलु टोली यूएईसँग खेल्नेछ ।
नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई ६ टोली सहभागी प्रतियोगि...