काठमाडौं : अमेरिकाको टेक्सास राज्यमा एक विद्यालयमा भएको बन्दुक आक्रमणमा १४ जना नाबालिग बालबालिकासहित १८ जनाको ज्यान गएको छ। युभाल्ड़ीस्थित रोब प्राथमिक विद्यालयमा भएको उक्त आक्रमण भएको हो। विद्यालयमा दुईदेखि चार कक्षासम्मको पढाइ हुन्छ। यसैबीच आक्रमणकारी १८ वर्षिय साल्भाडोर रामोस पनि मारिएको जनाइएको छ। बन्दुकधारीले विद्यालयमा आक्रमण गर्नु अघि आफ्नै हजुरआमालाई गोली प्रहार गरेको जनाइएको छ। तर, उनी भने बाँच्न सफल भएकी छिन्। यसैबीच यस घटनालाई लिएर अमेरिकामा तिब्र रोष प्रकट गरि