अफगानिस्तानमा बाढी, १८ जनाको मृत्यु

अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा आएको बाढीका कारण आइतबार कम्तीमा १८ जनाको मृत्यु  भएको छ भने अन्य ४० जना घाइते भएका छन् । आइतबार दिउँसो उक्त प्रान्तको सार्कानो जिल्लाका अधिकांश गाउँ बाढीले बगाएको र महिला र बालबालिकासहित १८ जनाको मृत्यु भएको छ  भने ४० जना घाइते भएका छन् ।अविरल वर्षा र बाढीका कारण सो जिल्लामा ५ सय ७९ घर ध्वस्त भएको बताइएको छ । त्यसैगरी गरी भारी वर्षाका कारण आएको अचानक बाढीका कारण दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्दाक जिल्लामा शनिबार दुई बालबालिका सहित सात जनाको ज