सुल्झियो नेपाली चियामा लगाइएको भारतीय अवरोध

वीरगञ्ज/विराटनगर । नेपाली चिया निकासीमा भारतीय पक्षले गरेको गैरभन्सार अवरोधले तत्कालका लागि निकास पाएको छ । नेपालले चालेको कूटनीतिक पहलमार्फत काँकडभिट्टा नाकाबाट चिया निर्यात सुचारू भएको हो । भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलका अनुसार परराष्ट्र मन्त्रालयमार्फत भारतीय सरोकारका निकायमा कूटनीतिक पहल गरिएको थियो । भारतीय पक्ष सहमत भएपछि काँकडभिट्टा नाकामा रोकिएको १८ ट्रक चिया भारततर्फ निकासी भएको छ । नेपालबाट हुने चिया आयातमा अवरोध नगर्न भारतीय पक्ष तयार भएपछि चिया निर्यात भइरहेको मेची भन्सार कार्यालयले बताएको छ । गत मंगलवारदेखि चिया निकासी सुचारू भएको र अहिले दैनिक ३/४ ट्रक चिया भारततर्फ गइरहेको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केशवराज ओलीले जानकारी दिए । भारतको वाणिज्य विभागले गत ३ नोभेम्बरमा मातहतका निकायलाई पत्र लेखेर नेपालबाट आउने चियाको गुणस्तरमा प्रश्न उठाएको थियो । विभागले गुणस्तर जाँचलगायत प्रक्रिया पूरा गरेरमात्रै आयात गर्न दिने निर्देशन दिएपछि चिया बोकेका ट्रक नाकामा अड्किएका थिए । नेपालबाट निकासी भएको चियालाई भारतका व्यवसायीले ‘दार्जिलिङ चिया’को ब्रान्डमा भारतीय र विदेशी बजारमा विक्री गर्दै आएका छन् । पछिल्लो समयमा भारतमा चिया उत्पादन बढेपछि गुणस्तरको नाममा अवरोध गरेको नेपाली चिया उत्पादकको दाबी छ । भारतीय पक्षले दार्जिलिड चियाको गुणस्तर खस्किएको भन्दै नेपालबाट आयात हुने चियाको गुणस्तरण परीक्षण गरेरमात्रै भित्र्याउन निर्देशन दिएको थियो । परराष्ट्र मन्त्रालयले भारतको दिल्लीस्थित नेपाली दूतावास र कोलकातास्थित महावाणिज्य दूतावासमार्फत चिया निकासीमा सहजीकरणका लागि पहल गरेको थियो । दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयमा यसबारेमा पहल गरेको र भारतीय पक्ष चिया आयात गर्न दिन सहमत भएपछि तत्कालका लागि समस्या सुल्झिएको अधिकारीहरूको भनाइ छ । तत्कालका लागि समस्याले निकास पाए पनि भारतले बेलाबेलामा नेपाली चियामा गैरभन्सार अवरोध गर्दै आएको गुनासो नेपाली उत्पादकको छ । आफ्नो बजारमा उत्पादन बढेपछि भारतले गुणस्तर र सम्बद्ध प्रक्रियाको बहानामा बखेडा झिक्ने नेपाली उत्पादक बताउँछन् । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँबराबरको चिया निकासी भएको छ । त्योमध्ये ८० प्रतिशत भारततर्पm निकासी भएको भन्सारको तथ्यांक छ ।

सम्बन्धित सामग्री

धनुषास्थित भारतीय सीमाक्षेत्रका अवरोध हटाउन छलफल

जनकपुरधाम : धनुषास्थित भारतीय सीमाक्षेत्रका पुलको विवाद समाधानका लागि छलफल भएको छ। नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतको बिहार मुज्जफ्रपुरका लोकसभा सदस्य एवं भारतीय जनता पार्टीका नेता अजय निषादबीच भारतको मुज्जफ्रपुरमा मङ्गलबार छलफल भएको हो।छलफलका क्रममा नेता निधिले धनुषाको नगराइन नगरपालिका र मुखियापट्टी मुसहरनिया पाउँपालिकासँग जोडिएका भारतीय सीमावर्ती क्षेत्रका पुल निर्माणका लागि अवरोध हटाउन भारतीय पक्षलाई आग्रह गरिए पनि सुनुवाइ नभएकाले उच्चस्तरमै छलफल

ठोरीको ठुटेखोलामा अस्थायी तटबन्ध बनाउन भारतीय पक्षको अवरोध

पर्साको ठोरी बजार कटान रोक्नका लागि ठुटेखोलामा नेपाली पक्षले अस्थायी तटबन्ध (कच्चा कुलो) बनाउन खोज्दा भारतीय पक्षले अवरोध गरेको छ ।

विद्युत् लाइन विस्तारमा भारतीय सुरक्षाकर्मीको अवरोध

कञ्चनपुर – विद्युत् लाइन विस्तार गर्ने क्रममा बेलौरी नगरपालिका–८ मा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई लाइन विस्तार गर्नबाट भारतीय सीमा सुरक्षा बल (एसएबी)ले आज अवरोध गरेको हो । हुलाकी सडकखण्डको कालो पुलदेखि पचुँईसम्मको क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि पुगेका प्राधिकरणका कर्मचारीलाई माथि कुरा गर्नोस् भन्दै लाइन विस्तार गर्न नदिएका हुन् […]

भारतीय पक्षबाट कञ्चनपुरको प्याराताल र ब्रहदेबमा अवरोध

भारतीय पक्षले एकसाथ कञ्चनपुरका दुई स्थानमा अवरोध गरेको छ । जिल्लाको उत्तरी भेग ब्रम्हदेब र दक्षिण विचफाँटा नेपाली भूमिमा अवरोध गरेको हो । भारतीय अर्धसैनिक सीमा सुरक्षा बल(एसएसबी)ले कञ्चनपुरको ब्रम्हदेब र...

कञ्चनपुरमा कल्भर्ट निर्माण गर्न भारतीय सुरक्षाकर्मीको अवरोध

कञ्चनपुर : भीमदत्त नगरपालिका­-९ ब्रह्मदेवमा कल्भर्ट निर्माण गर्न भारतीय सीमा सुरक्षा बल (एसएबी)ले अवरोध गरेको छ।ब्रह्मदेव बजारको पश्चिमतर्फको नेपाली भूमिमा रहेको नाला दशगजा क्षेत्रमा पर्ने भन्दै एसएसबीले कल्भर्ट निर्माणमा अवरोध गरेको हो। निर्माण रोक्न दुईजना एसएसबीका जवानलाई खटाइने गरिएको छ।ब्रह्मदेवको सिद्धनाथ मन्दिरदेखि ब्रह्मदेव बजारसम्म बनाउन लागिएको सडक कालोपत्रेअन्तर्गत नालामा कल्भर्ट बनाउन लागिएको छ। तर एसएसबीले अवरोध गरेपछि सात महिनादेखि कल्भर्ट निर्माण अवरुद्ध छ। भीमदत्त नगरपालिकाले

नेपाली भूमिमा दाहसंस्कार गर्दा भारतीय सुरक्षाकर्मीको अवरोध

कञ्चनपुर : भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालीलाई दाहसंस्कारमा अवरोध गरेको छ। भीमदत्त नगरपालिका–१० जिमुवाका लाल गिरीको दाहसंस्कारमा एसएसबीले गरेको हो।भीमदत्त–९ रिगौनास्थित अन्त्येष्टि स्थलमा दशनामी समुदायले वर्षौंदेखि दाहसंस्कार गर्दै आएका छन्। त्यस स्थानमा एसएसबीले अवरोध गरेपछि स्थानीय आक्रोशित भएका छन्। ‘नेपाली ज्यूउँदा हुँदा पनि पनि समस्या‚ मृत्यु हुँदा समेत भारतीय पक्षबाट समस्या खडा गरियो,’ स्थानीय दिपेन्द्र सिंह ऐरीले भने, ‘हेपाहाले सीमा नाध्यो,

मोरङमा कल्भर्ट बनाउन भारतीय पक्षको अवरोध

३ साउन, विराटनगर । भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालमा कल्भर्ट निर्माणमा अवरोध गरेको छ । विराटनगरको सीमावर्ती क्षेत्रमा एसएसबीले कल्भर्ट निर्माणमा अवरोध गरेको हो । विराटनगर महानगरपालिका–१७ इस्लामपुरमा सीमा क्षेत्र नजिकै पानी निकासका लागि कल्भर्ट बनाउन खोजिएको थियो । तर भारतीय पक्षले अवरोध गरेपछि काम रोकिएको  विराटनगर–१७ का वडाध्यक्ष समिर कमरले बताए । इस्लामपुरमा […]

नेपाली भूमिमा खेती गर्दा भारतीय पक्षको अवरोध

कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका–८ स्थित सुन्दरनगरमा नेपाली जमिनमा खेती गर्न भारतीय पक्षले अवरोध गरेको छ । बुधबार नेपाली जमिनमा वर्षाैंदेखि खेती गर्दै आएका नेपालीललाई भारतीय पक्षले आफ्नो भूमि भएको दाबी गर्दै खेती गर्दा अवरोध गरेको हो । सुन्दरनगरमा वर्षाैंदेखि खेती गर्दै आएका नेपाली नारायणप्रसाद अधिकारीलाई भारतीय एसएसबीले खेती गरेको बेसारलाई उखेल्ने क्रममा अवरोध गरेको उनले […]

नेपालतर्फको पुल निर्माणमा भारतीय सुरक्षाकर्मीको अवरोध

नेपालतर्फ हुन लागेको पुल निर्माण कार्यमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । अवरोधका कारण सप्तरीको डाकनेश्वरी नगरपालिका-६ कटैया टोलको दक्षिणतर्फ थालिएको निर्माण कार्य रोकिएको हो

हुलाकी पुल निर्माणमा भारतीय पक्षको अवरोध

२३ पुस, राजविराज । सप्तरीको खडक खोलाको पुल निर्माणमा भारतीय पक्षले अवरोध पुर्याएको छ । हुलाकी सडक आयोजना अन्तर्गत डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ कटैयामा निर्माण थालिएको खड्क खोलाको पुलमा भारतीय सीमा सुरक्षा बदल (एसएसबी)ले अवरोध पुर्याएको हो । हुलाकी आयोजनाले ८ माघ २०७६ मा इलाइट कन्स्ट्रक्सन प्रालि काठमाडौंसँग यो पुल निर्माणका लागि सम्झौता गरेको […]