नेपाली भूमिमा दाहसंस्कार गर्दा भारतीय सुरक्षाकर्मीको अवरोध

कञ्चनपुर : भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालीलाई दाहसंस्कारमा अवरोध गरेको छ। भीमदत्त नगरपालिका–१० जिमुवाका लाल गिरीको दाहसंस्कारमा एसएसबीले गरेको हो।भीमदत्त–९ रिगौनास्थित अन्त्येष्टि स्थलमा दशनामी समुदायले वर्षौंदेखि दाहसंस्कार गर्दै आएका छन्। त्यस स्थानमा एसएसबीले अवरोध गरेपछि स्थानीय आक्रोशित भएका छन्। ‘नेपाली ज्यूउँदा हुँदा पनि पनि समस्या‚ मृत्यु हुँदा समेत भारतीय पक्षबाट समस्या खडा गरियो,’ स्थानीय दिपेन्द्र सिंह ऐरीले भने, ‘हेपाहाले सीमा नाध्यो,