सुदर्शन चौहान / झापा, हाल यूएई
म अहिले रोजगारीको लागि यूएईको दुबईमा छु । ६ वर्ष भयो मलाई यहाँ काम गर्न थालेको । यो अवधिमा मैले महिनैपिच्छे घरमा पैसा पठाउँदै आएको छु । महिनामा ५५/६० हजार रुपैयाँ रेमिट्यान्स पठाउँछु । मैले मात्र होइन यसरी दैनिक हजारौँ नेपालीहरुले देशमा करोडौँ रेमिट्यान्स पठाउँछन् । तर बदलामा उनीहरुले के पाउँछन् त ? घरपरिवारका सदस्यको लागि एउटा माेबाइल पनि लिन पाउँदैनन् ।
आज मलाई नेपाल सरकारसँग केही भन्न मन लागेको छ । साँच्चै भन्नुपर्दा रिस उठेको छ । खासगरि मोबाइलको भन्सार लाग्ने स...