सरकारले सगरमाथा आरोहण गरेको झुटो प्रमाण पेस गरेका भारतीय नागरिक नरेन्दर सिंह र सीमा रानीको आरोहण प्रमाणपत्र नै रद्द भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार उनीहरूको प्रमाणपत्र रद्द गर्दै ६ वर्ष कुनै पनि पर्वतारोहणमा सहभागी हुन नपाउने गरी रोक लगाइएको हो ।नरेन्दर सिंह र सीमा रानीले सन् २०१६ मा सगरमाथा आरोहण […]