गौरव र स्वर्णिय योजना चालू आवमै कार्यान्वयनमा ल्याउँदै महानगर
‘गौरव तथा स्वर्णिम योजना सञ्चालन कार्यविधि ०८०’ को मस्यौदा तयार
काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमै गौरव र स्वर्णिम योजना कार्यान्वयनमा ल्याउने गरी ‘गौरव तथा स्वर्णिम योजना सञ्चालन कार्यविधि ०८०’ को मस्यौदा तयार...
२६ कात्तिक, राँझा । बाँकेको कोहलपुरमा पुग्ने हरेक यात्री अत्याधुनिक बसपार्क देखेर मक्ख पर्छन् । हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे अनि साँघुरो बसबिसौनीबाट हैरानी व्यहोर्दै आएका यात्री हिजोआज यसको फेरिएको संरचनाका कारण मक्ख परेका हुन् । अहिले कोहलपुरको पहिचान नै बनेको छ नयाँ बसबिसौनी । यसको समग्र व्यवस्थापनको जिम्मा लिएको बागीश्वरी यातायात व्यवसायी प्रालिका अध्यक्ष […]
काठमाडौँ : महानगरपालिकाले चालु आर्थिक वर्षका लागि १० गौरवका योजना र २५ स्वर्णिम योजना कार्यान्वयनमा ल्याउने भएको छ । महानगरपालिकाले ती योजनाका लागि रु पाँच अर्ब ८० करोड रकम विनियोजन गरेको छ । गौरवको आयोजनाका लागि रु तीन अर्ब ८० करोड र स्वर्णिम योजनाका लागि रु दुई अर्ब विनियोजन गरिएको छ । आम नागरिकसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य, शिक्षा, रोजगारीको प्रवर्द्धन, वातावरण सुधार र पूर्वाधार कार्यको प्राथमिकता गौरवका योजनामा समेटिएको कामपाका उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिए।त्यसैगरी नागरिक
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको गौरव कार्यक्रम ‘इन्द्रावती वृहत खानेपानी योजना’ मुहानबासीको अवरोधले अलपत्र परेको छ। गत वर्ष सम्पन्न हुनुपर्ने योजनाको ८० प्रतिशत काम सकेपछि अलपत्र भएको हो।
वडा नं. १ सिंपाल र...
सरकारले किसान हित कोष सञ्चालनमा ल्याउने भएको छ । किसानको आत्म सम्मान र गौरव वृद्धि गर्न कोष सञ्चालनमा ल्याउन लागिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । ‘किसानको आत्मसम्मान र गौरव वृद्धि गर्न किसानसँग सरकार कार्यक्रम अन्तर्गत योगदानमा आधारित किसान पेन्सन योजना सुरुवात गर्न किसान हित कोषको सुरुवात गरिने छ,’ आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले भने । कोषमा किसानले प्रत्येक महिना जम्मा गर्ने रकमको दश प्रतिशत रकम सरकारले जम्
चैत २५, अर्घाखाँची । अर्घाखाँचीकै गौरवको योजनाका रुपमा रहेको चौबाटार सिँचाइ योजना निर्माण सम्पन्न भएको छ ।
छत्रदेव गाउँपालिका–ठूलापोखरास्थित उक्त सिँचाइ योजना सम्पन्न भएपछि चौवाफाँट र आसपासका कृषकलाई राहत मिलेको छ ।
सिँचाइ आयोजनाको एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले उद्घाटन गरे । सिँचाइ आयोजनाको उद्घाटन गर्दै मन्त्री रानाले सबै कृषकलाई व्यावसायिकरुपमा कृषि कर्ममा लाग्न आग्रह गरे । उनले सरकारको लगानीमा निर्माण भएका भौतिक संरचनाको स्थानीयले संरक्षण गर्नुपर्नेमा जोड दिए ।
सिँचाइ योजनाबाट २२० परिवारका एक हजार ४५० जना प्रत्यक्ष लाभान्वित भएका छन् । जरेखोला मिलमिलेबाट सेरीखोलासम्म आठ हजार २०० मिटर लम्बाइको सिँचाइ योजना रू. आठ करोड ३९ लाखको लागतमा सम्पन्न भएको सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका प्रमुख इञ्जिनीयर विष्णु भण्डारीले बताए ।
विसं २०४३ देखि कुलो निर्माणका लागि स्थानीयले माग गर्दै आएपनि ३६ वर्षपछि माग पूरा भएको छ । रासस
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्य जन्मेको तनहुँको चुँदी रम्घालाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योजना अघि बढाएका छन् ।भानुभक्त तनहुँमा जन्मेका हुन् भनेर गौरव गर्नु बाहेक उल्लेखनीय काम हुन नसकेको अवस्थामा मन्त्री श्रेष्ठले चुँदी रम्घामा पूर्वाधार निर्माण, प्राकृतिक सौन्दर्यकरणको माध्यमबाट साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा […]
सुदूरपश्चिम प्रदेश गौरव योजनाका रूपमा रहेको बैतडी जिल्लाको एक मात्र सतबाँझ–श्रीभावर–हाट सडकखण्डको काम निषेधाज्ञाका कारण रोकिएको छ । योजनामा काम गर्ने कामदार नपाइएका र निर्माण सामग्री महङ्गो भएका कारण सडकखण्ड स्तरोन्नतिको काम रोकिएको हो ।जिल्लाको सतबाँझबाट साढे छ किलोमिटर कालोपत्रका लागि काम भइरहेको सो सडकखण्डमा कोरोनाका कारण काम अघि बढाउन नसकिएको पूर्वाधार विकास कार्यालय बैतडीका […]
काठमाडौँ महानगरपालिकाले स्वास्थ्य, शिक्षा, रोजगारीको प्रवर्धन, वातावरण सुधार र पूर्वाधारसँग सम्बन्धित महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ। महानगरले १० वटा महानगर गौरव योजना र २५ वटा स्वर्णिम योजना कार्यान्वयनमा ल्याइएको हो। चालु आर्थिक वर्ष २०८०/८१ मा गौरवका योजनाका लागि तीन अर्ब ८० करोड रुपियाँ र स्वर्णिम योजनाका लागि दुई अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ।