नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई उनले आफू निर्दोष भएको र क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेलेर नेपाल फर्कने बताएका हुन् ।‘मैले नै सन्दीपलाई कल गरेको थिए । तिम्रोविरुद्ध उजुरी परेको छ भनेर । सन्दीपले आफूलाई थाहा छ भने । मैले उनलाई के हो भनेर सोध्दा उनले मेरो यसमा कुनै संलग्नता नभएको र निर्दोष भएको बताए,’ मल्लले भने, ‘मैले सन्दीपलाई मुद्दा परिसक्यो तिमीवि