काठमाडौं : बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले आज फाइनल चरणको अभ्यास गरेको छ। आइतबार टिमले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अन्तिम चरणको अभ्यास गरेको हो। नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशसँगको मैत्रीपूर्ण खेलको लागि ४ गोलरक्षकसहित २३ सदस्यीय टोली घोषणा गरेका थिए।उनले गोलरक्षकमा किरण चेम्जोङ, विशाल श्रेष्ठ, विकेश कुथू र दीप कार्की, रक्षकमा रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन