नेपाली फुटबल टोली आज कुवेत जाँदै

काठमाडौं: नेपाली फुटबल टोली आज कुवेत जाँदैछ। इराकसँग मैत्रीपुर्ण खेल खेलेको नेपाल अब विश्वकप छनोट अन्तर्गतको खेल खेल्नका लागि कुवेत प्रस्थान गर्नेछ। नेपाली टोली आज इराकबाट स्थलमार्गबाट हुँदै बेलुकी ६ बजे कुवेत प्रस्थान गर्नेछ। दुईघण्टाको यात्रापछि नेपाली टोली कुवेत पुगिने टिम म्यानेजर मधुसुधन उपाध्यायले जनाए। विश्वकप छनोट अन्तर्गतको बाँकी खेलको तयारीमा…

सम्बन्धित सामग्री

फिलिपन्समा भूकम्प, नेपाली फुटबल टोली सुरक्षित

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोली हाल फिलिपिन्समा छ। फिलिपिन्सको राष्ट्रिय टोलीसँग साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न नेपाल त्यहाँ पुगेको हो।  फिलिपिन्समा आजै भूकम्प गएको छ। समाचार संस्था रोयटर्सका अनुसार ६.३ म्याग्निट्युडको भूकम्प गएको छ। फिलिपिन्सको ओरियन्टल मिनडोरो प्रान्तको पुर्टो जलेरालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। नेपाली टोली भने मनिलामा…

साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोली आज भारत जाँदै

काठमाडौं : पुरुष साफ च्याम्पियनसिपका लागि १९ वर्षमुनिको नेपाली फुटबल टोली आज भारत जाँदै छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज बिहान टोलीलाई बिदाइ गरेको छ। टोली दिउँसो ३ बजे भारत प्रस्थान गर्ने एन्फा महासचिव किरण राईले जानकारी दिए।च्याम्पियनसिपका लागि २३ सदस्य नेपाली टोली घोषणा गरिसकिएको छ। प्रतियोगितामा नेपालको कप्तानी अनुभवी मिडफिल्डर आयुष घलानले गर्नेछन्।च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ। च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले जुलाई २५ मा माल्दिभ

नेपाली फुटबल टोली कुवेतसँग पराजित

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोली कुवेतसँग पराजित भएको छ। एसिया कप छनोट अन्तर्गत समुह 'ए'को खेलमा नेपाली टोली ४-१ गोलको फराकिलो अन्तरले पराजित भएको हो। पहिलो हाफमा एक गोलले पछि रहेको नेपाली टोलीले दोस्रो हाफमा तीन गोल ब्यहोरेको हो। खेलको २८ औं मिनेटमा कुवेतका फाहल अल्रेसिहीले गोल गर्दै अग्रता दिलाएका थिए।…

नेपाली फुटबल टोली थाइल्याण्डसँग पराजित

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्डसँग पराजित भएको छ। थाइल्याण्डस्थित चोनबुरी स्टेडियममा सम्पन्न मैत्रीपूर्ण खेलमा घरेलु टोलीले नेपालमाथि २-० गोलअन्तरको जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दुबै गोल थाइल्याण्डले दोस्रो हाफमा गरेको थियो। खेलको ७७ औं मिनेटमा फिलिप रोलेरको गोलमा अग्रता बनाएको थाइल्याण्डका लागि दोस्रो गोल ८९…

नेपाली फुटबल टोली आज थाइल्याण्ड जाँदै

काठमाडौं : एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली आज थाइल्यान्ड जाँदै छ। अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टोली आज मध्यान्ह १२ बजे नेपाल एयरलाइन्सको विमानबाट थाइल्याण्ड जान लागेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जनाकारी दिए। थाइल्याण्ड जाने टोलीको हिजो एन्फाले बिदाइ गरेको छ।नेपाली टोलीले थाइल्याण्डमा रहँदा त्यहाँको राष्ट्रिय र शीर्ष डिभिजन क्लब चोनबुरीसँगको दुई मैत्रिपूर्ण खेल्ने छ। नेपालले चैत १० गते थाइल्याण्डको राष्ट्रिय र चैत १३ गते एक शीर्

माल्दिभ्सबाट फर्कियो नेपाली फुटबल टोली

काठमाडौं : माल्दिभ्समा भएको साफ च्याम्पियनसीपको उपवेजता बन्दै नेपाली फुटबल टोली आज स्वदेश फर्किएको छ। टोलीलाई खेलकुद मन्त्री महेश्वर जंग गहतराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। नेपाली फुटबल टोली साफको फाइनलमा पहिलोपटक प्रवेश गरेको थियो। फाइनल खेलमा भारतसँग ३-० गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको थियो।

साफ च्याम्पियनसिप खेलेर नेपाली फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं, १ कार्तिक : साफ च्याम्पियनसिपमा उप-विजेता भएको नेपाली फुटबल टोली फर्किएको छ । कतार एयरको जहाजबाट केहीबेर अघि आज (सोमबार) फुटबल टोली नेपाल आइपुगेको हो । नेपाल साफ फुटबल इतिहासमा पहिलो पटक फाइनल पुगेको थियो । फाइनलमा भारतसँग ३–० ले पराजित भएसँगै नेपाल उप-विजेतामा सीमित भएको हो ।-Photo Source: ANFA

इराक पुग्यो नेपाली फुटबल टोली

नेपाली फुटबल टोली इराक पुगेको छ । इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर र एसियन कप क्वालिफायरको लागि नेपाली फुटबल टोली इराक पुगेको हो ।  कुवेतका अब्दुल्लाह अलमुताइरी मुख्य प्रशिक्षक बनेपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।नेपालले जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ र विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ । जहाँ नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ । समूह बी मा रहेको नेपालले यसअघि ५ खेल खेल्दा १ जितबा

नेपाली फुटबल टोली इराकमा, यस्तो छ नेपालका चार प्रतिस्पर्धीको पछिल्लो प्रदर्शन

काठमाडौं : नेपाली फुटबल टोली इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर्स अन्तर्गतका लागि इराक प्रस्थान गरेको छ। मंगलवार बेलुकी १० बजेको कतार एयरवेजको फ्लाइटमार्फत नेपाली टोली इराक गएको हो। नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा रहेको नेपाली टोलीले यसपटकको भ्रमणमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने चाइनिज ताइपेइ, जोडर्न र अस्ट्रेलियासँग विश्वपकप छनोट…