साफ च्याम्पियनसिप खेलेर नेपाली फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं, १ कार्तिक : साफ च्याम्पियनसिपमा उप-विजेता भएको नेपाली फुटबल टोली फर्किएको छ । कतार एयरको जहाजबाट केहीबेर अघि आज (सोमबार) फुटबल टोली नेपाल आइपुगेको हो । नेपाल साफ फुटबल इतिहासमा पहिलो पटक फाइनल पुगेको थियो । फाइनलमा भारतसँग ३–० ले पराजित भएसँगै नेपाल उप-विजेतामा सीमित भएको हो ।-Photo Source: ANFA

सम्बन्धित सामग्री

साफको उपविजेता नेपाली फुटबल टोली स्वदेश फिर्ता, विमानस्थलमा भब्य स्वागत

माल्दिभ्समा आयोजना भएको १३औँ साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी आज स्वदेश फर्किएका छन् । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्फाका पदाधिकारीहरुले स्वागत गरेका थिए भने ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो। साफ च्याम्पियनसिपको करिब २८ वर्षपछि नेपाल पहिलो पटक फाइनल पुगेको थियो । माल्दिभ्सको मालेमा शनिबार राति भएको फाइनल खेलमा नेपाल …