भाषा परीक्षा उत्तीर्ण गरेका १० हजार कोरिया जान पाएनन्
एक वर्षदेखि बन्द कोरिया रोजगारी सुचारु गर्ने प्रयासका लागि उनी एपिएस पीडित समूह बनाएर कहिले वैदेशिक रोजगार विभाग त कहिले विभिन्न मन्त्रालयमा पुग्ने गर्छन्।
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाको रोजगारीमा जानेहरूका लागि सन् २०२१ को भाषा परीक्षा हुने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार कोरियामा काम गरी वैधानिक तवरले फर्केका कामदारलाई पुनः पठाउन कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन विभागसँग सहमति भएसँगै भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो ।
विभाग अन्तर्गतको ईपीएस शाखा ग्वार्काेका अनुसार आगामी पुस १ गतेदेखि भाषा परीक्षा हुनेछ । परीक्षा कम्प्युटरमा आधारित (पेपरलेस) हुनेछ । उक्त परीक्षा पुस ७ गतेसम्म चल्नेछ ।
गतवर्ष भने कोभिडका कारण भाषा परीक्षा हुन सकेको थिएन । सन् २०१९ को भाषा परीक्षामा ८४ हजार २१५ जना युवा सहभागी भएका थिए । उनीहरूमध्ये १२ हजार ९ जनाले परीक्षा उत्तीर्ण गरेका थिए ।
उत्तीर्ण गरेका मध्येबाट १० हजार ५० ले दक्षिण कोरिया प्रवेश पाउने बताइएको थियो । तर कोरोनाका कारण उनीहरूले प्रवेश पाउन सकेका छैनन् । लामो समयपछि प्रतिबद्ध कामदार भने लैजान शुरू गरेको छ ।
दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ । सन् २००८ मा ८१ महिलासहित दुई हजार ७३३ पुरुष रोजगारीका लागि कोरिया गएका थिए । उक्त वर्ष ३१ हजार ५२५ जना भाषा परीक्षामा सहभागी भएका थिए । ३०८ महिलासहित ६ हजार ४०६ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । सन् २००९ मा भने भाषा परीक्षा सञ्चालन हुन सकेन । सो वर्ष अघिल्लो वर्ष भाषा परीक्षा उत्तीर्ण गरेका ९११ युवाले कोरियाको श्रम बजारमा प्रवेश गरेको ईपीएस शाखाको तथ्यांकले देखाउँछ । सन् २०१० मा दुई हजार ३३९, २०११ मा तीन हजार ९८३, २०१२ मा ६ हजार ३३२, २०१३ मा पाँच हजार ४६, २०१४ मा ६ हजार २८, २०१५ मा पाँच हजार ८६६, २०१६ मा आठ हजार ७९, २०१७ मा सात हजार ८०० र सन् २०१८ मा आठ हजार ५११ ले दक्षिण कोरियामा रोजगारीको अवसर प्राप्त गरेका थिए । नेपालीहरू मेहनती र इमानदार भएको भन्दै कोरियाली रोजगारदाताको रोजाइमा पर्दै आएका छन् ।
काठमाडौं । सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया जाने प्रक्रियाबमोजिम भाषा परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो छिटो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग आग्रह गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौं बैठकमा सरकारले भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थी कामदारलाई जतिसक्दो छिटो कोरिया लैजान यस्तो आग्रह गरेको हो । […]
The post ईपीएस परीक्षा उत्तीर्ण कामदारलाई जतिसक्दो छिटो कोरिया लैजान सरकारको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौं । रोजगार अनुमति प्रणालीमार्फत दक्षिण कोरिया जानेका लागि लिइएको कोरियन भाषा परीक्षा उत्तीर्ण गरी अहिलेसम्म जान नपाएर अलपत्र परेका नेपाली प्रशिक्षार्थी कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबारको बैठकले ईपीएसमार्फत भाषा परीक्षा उत्तीर्ण गरी बसेकालाई तत्काल दक्षिण कोरिया […]
The post कोरियन भाषा परीक्षा पास गरेकालाई तत्काल पठाउन निर्देशन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले आज शिष्टाचार भेट गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवालाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे । कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिबद्धता जनाउँदै मन्त्री शर्माले कोरियाकोतर्फबाट आवश्यक प्रक्रिया अघि बढाइ दिनसमेत आग्रह गरे ।“इपिएसअन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण ग
नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले भाषा परीक्षा उत्तीर्ण गरेर पनि कोरिया जान नपाएका युवाहरुलाई लैजान आफ्नो देश गम्भीर रहेको जनाएका छन् । अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटका क्रममा उनले यस्तो बताएका हुन् । बुधवार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । जवाफमा राजदूत पार्कले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिए । नेपालीहरुको म
काठमाडौं, असार १७ । चौध महिनादेखि रोकिएको कोरिया रोजगारी पुनः सुरु गर्न पहल थालिएको छ। रोजगार अनुमति प्रणालीअन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेका कामदार कोरोना महामारीका २०७६ फागुनदेखि कोरिया जान पाएका छैनन्। सुरुमा नेपालले कोरिया पठाउन चासो दिएको थिएन भने पछिल्लो समयमा कोरिया सरकारले नेपाली कामदार लैजान चासो देखाएको छैन। वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले […]
काठमाडौं, असार ४ । आम्दानीका हिसाबले आकर्षक गन्तव्यको रूपमा रहेको दक्षिण कोरियाको रोजगारी अझै खुल्ने सुरसार छैन। १५ महिनादेखि कोरिया रोजगारी बन्द छ। कोरिया रोजगारी स्थगित हुँदा रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका करिब १० हजार अन्योलमा परेका छन्। पहिलो लहरको कोरोना महामारी फैलिएको बेला नेपालले बन्द गरेको कोरिया रोजगारी अहिले कोरिया […]
आम्दानीका हिसाबले आकर्षक गन्तव्यको रूपमा रहेको दक्षिण कोरियाको रोजगारी अझै खुल्ने सुरसार छैन। १५ महिनादेखि कोरिया रोजगारी बन्द छ। कोरिया रोजगारी स्थगित हुँदा रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका करिब १० हजार अन्योलमा परेका छन्। पहिलो लहरको कोरोना महामारी फैलिएको बेला नेपालले बन्द गरेको कोरिया रोजगारी अहिले कोरिया सरकारले बन्द गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी बताउँछन्। ‘सुरुमा कोरियामा कोरोना महामारी फैलिएको भन्दै नेपाली पक्षले भाष
काठमान्डाैं भाषा परीक्षा उत्तीर्ण गरे पनि १० हजार बढी युवायुवती जान नपाएको कोरिया रोजगारी तत्काल सुरु नहुने भएको छ । कोरोना महामारी सुरु भएलगत्तै नेपाल र पछिल्लोपटक कोरियन सरकारका कारण बन्द कोरिया रोजगारी सुचारु गर्न आवाज उठ्दै आए पनि अझै प्रक्रिया मिलाउन बाँकी रहेकाले तत्काल सुरु नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो...
The post कोरिया रोजगारी सुरु गर्न सकस : अझै एक महिना लाग्ने appeared first on Purbeli News.
भाषा परीक्षा उत्तीर्ण गरे पनि १० हजार बढी युवायुवती जान नपाएको कोरिया रोजगारी तत्काल सुरु नहुने भएको छ । कोरोना महामारी सुरु भएलगत्तै नेपाल र पछिल्लोपटक कोरियन सरकारका कारण बन्द कोरिया रोजगारी सुचारु गर्न आवाज उठ्दै आए पनि अझै प्रक्रिया मिलाउन बाँकी रहेकाले तत्काल सुरु नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो ।श्रममन्त्री गौरीशंकर चौधरीले कोरिया सरकारको माग अनुसार पूर्वाधारको काम गर्न केही आवश्यक पर्ने भएकाले कम्तीमा एक महिनायता कोरिया रोजगारी सुचारु नहुने बताए । पछिल्ल