बिपीका उपकुलपति डा. ज्ञानेन्द्र गिरी विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले पदीय मर्यादा विपरीत प्रोफेसर पदको दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।...

सम्बन्धित सामग्री

मुद्दाको सुनुवाइ नहुँदा बिपी प्रतिष्ठान अन्योलग्रस्त

काठमाडौं, फागुन ४ । वहालवाला पदाधिकारीलाई काम गर्न नदिने र स्वास्थ्य मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने सरकारको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान अन्योलग्रस्त बनेको छ। प्रतिष्ठानका उपकुलपतिसहितका अधिकारीहरूलाई काम गर्न नदिने र मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने निर्णय मन्त्रिपरिषदले पुस ३० गते गरेको थियो। उक्त निर्णयविरुद्ध प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी […]

बीपीका उपकुलपति नक्कली प्राडा ! हट्यो ‘प्रा’को फुर्को

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी नक्कली प्रोफेसर भएको खुलेको छ । उनले आफ्नो नेमप्लेटमा प्रा. डा. ज्ञानेन्द्र गिरी लेखाएका थिए । तर, व्यापक विरोध भई छानबिनको दायरामा समेत आएपछि उनले नेमप्लेट फेरेर ‘डा. ज्ञानेन्द्र गिरी’ मात्रै लेखेका छन् ।‘प्रोफेसर नै नभई गिरीले प्रा.डा. लेखेका थिए । हामीले उनको एकाडेमिक योग्यतामाथि प्रश्न उठाएपछि त्यसको सामना गर्न नसकी ‘प्रा’ हटाएर अर्को नेमप्लेट बनाएका छन्’ बीपी प्रतिष्ठानका एक क

उपकुलपति कार्यकक्षमा प्रवेश गरेपछि वीपी प्रतिष्ठानमा प्रहरी र आन्दोलनकारीबीच झडप

आन्दोलनकारीको ताला तोडेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी कार्यकक्षमा प्रवेश गरेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ।...

बीपीका उपकुलपति कारबाहीमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्राध्यापक नभएको भन्दै कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले प्रतिष्ठानका उपकुलपति डा. गिरी प्राध्यापक भएको भन्ने प्रमाण कतै नभेटिएकाले प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया शुरू गरिएको बताए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौ २० गतेदेखि उपकुलपतिको बर्खास्तीलगायत विभिन्न माग राखी आन्दोलन भइरहेको सन्दर्भमा मन्त्रालयले उपकुलपति डा. गिरीमाथि कारबाही प्रक्रिया...

बीपी प्रतिष्ठानका उपकुलपति गिरी प्राध्यापक नभएको पुष्टि

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्राध्यापक नभएको पुष्टि भएको छ ।

बीपी प्रतिष्ठानका उपकुलपति वार्तास्थलमै थुनिए

१५ असार, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत चिकित्सकसँग व्यवस्थापन पक्षको वार्ता भाँडिएको छ । उपकुलपति डा. ज्ञानेन्द्र गिरी मदिरा पिएर आएको आरोप लगाउँदै आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीले उनीसहित पदाधिकारीलाई वार्तास्थलमै थुनेका छन् । उपकुलपति गिरीको मादक पदार्थ सेवन परीक्षण नगरी बाहिर निस्कन नदिने भन्दै प्रतिष्ठान परिसरबाहिर उपकुलपतिविरुद्ध उनीहरुले नाराबाजी गरेका […]

वीपी प्रतिष्ठानका उपकुलपति तथा रेक्टरको कक्षमा लागेको ताला खुल्यो

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सा तथा दन्तचिकित्स शिक्षण कल्याण समाजले उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरी तथा शिक्षाध्यक्ष प्रा. डा. गुरू प्रसाद खनालको कार्यकक्षमा लगाएको ताला खोलिएको छ । आइतबार समाजका साथ प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मी तथा अस्पताल निर्देशक प्रा. डा. गौरी शंकर साह गरी चारै पदाधिकारीहरू बिच भएको वार्तामा सहमति भएपछि समाजले ताला खोलेको हो । वार्ताबाट फ्याक्ल्टीहरुको बढुवा सम्बन्धमा एक महिना भित्र प्रमोशनको विज्ञापन प्रकाशित गर्ने सहमति कायम भएको छ । यस्तै,...