बिपी प्रतिष्ठान विवादः वार्ताका लागि पुगेका उपकुलपतिले मापसे गरेको आरोप, वार्ता अघि बढेन

धरान- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत चिकित्सक र कर्मचारीहरुसँग वार्ता गर्न पुगेका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरी विवादमा फसेका छन्। प्रतिष्ठानको बेथितिविरुद्ध आन्दोलनरत संयुक्त संघर्ष समितिसंग वार्ताका लागि मंगलबार अपराह्न प्रतिष्ठान पुगेका उपकुलपति प्रा. डा. गिरी मादक पदार्थ सेवन गरी पुगेको भन्दै विवादमा फसेका हुन्। मंगलबार आन्दोलनरत संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलको […]