बीपी प्रतिष्ठानमा अनियमितता-१: कमिसनका लागि एमसिएच भवन नबन्दै १० करोडको भेन्टिलेटर खरिद

प्रतिष्ठानका तत्कालिन उपकुलपति डा ज्ञानेन्द्र गिरी (हाल निलम्बनमा) कै मिलेमतोमा तत्कालिन निर्देशक जगतनारायण प्रसाद, लेखा प्रमुख मोहन राई, खरिद शाखा प्रमुख सागर ताम्राकार, मुल्यांकन समिति संयोजक डा प्रमेन्द्र गुप्ता, मेडिकल स्टोरका संजिब कर्ण र इल्क्ट्रोमेड शाखा प्रमुख राहुल मिश्रले सेटिङमा खरिद गरेका २० वटा भेन्टिलेटर एक वर्षदेखि स्टोरमै थन्किएका छन्।

सम्बन्धित सामग्री

बीपी प्रतिष्ठानमा ऐनविपरित १६ करोडको ठेक्का स्वीकृत

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले सार्वजनिक खरिद ऐनविपरीत आईसीयू भेन्टिलेटर खरिदका लागि ठेक्का स्वीकृत गरेका छन् । उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्राडा. गुरु खनाल र अस्पताल निर्देशक प्राडा. गौरीशंकर साहले १५ करोड ८४ लाख २१ हजार २ सय रुपैयाँको ३० थान आईसीयू भेन्टिलेटर खरिद गर्ने ठेक्का सुनसरीको इटहरीस्थित एमबी मेडिटेक प्रालिलाई दिएका हुन् ।