सोलुखुम्बुको पत्तालेबाट रेडियो नेपालको परीक्षण प्रसारण शुरु

२६ असोज, काठमाडौं । रेडियो नेपालले सोलुखुम्बुको पत्तालेबाट परीक्षण प्रसारण शुरु गरेको छ । एफएम ब्याण्डको ९८ मेगाहर्जबाट रेडियो नेपालको प्रसारण शुरु भएको हो । यससँगै प्रदेश नम्बर १ का सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, रामेछाप, सिन्धुली, उदयपुर लगायतका जिल्लामा सेवा विस्तार भएको रेडियो नेपालले जनाएको छ । जडानमा संलग्न प्राविधिकहरुका अनुसार ती जिल्लामा अब रेडियो […]

सम्बन्धित सामग्री

कोरोनाबाट रेडियो नेपाल दिपायलका एक कर्मचारीको मृत्यु

डोटी : कोरोना भाइर संक्रमणका कारण रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलका एक कर्मचारीको मृत्यु भएको छ। उनी प्राविधिक इन्जिनियर पदमा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार मृतक सप्तरीको रुपकञ्चन नगरपालिकाका ३० वर्षीय एक पुरुष हुन्। केही दिनअघि परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो।स्वास्थ्यमा थप समस्या भएपछि वैशाख २२ मा जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार गरिएको अस्पतालका डा. प्रकाश ठकुल्लाले जानकारी र्दिए। उप

कोरोनाले ३० वर्षीय एक पुरुष कर्मचारीको मृत्यु

डोटीमा कोरोना सङ्क्रमणका कारण आज एक कर्मचारीको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार सप्तरीको रुपकञ्चन नगरपालिका बस्ने ३० वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उनी रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा प्राविधिक इन्जिनियर पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ । केही दिन पहिले कोरोना परीक्षण गर्दा उनको पिसिआर पोजेटिभ देखिएको थियो । उनलाई स्वास्थ्यमा थप समस्या भएपछि यही वैशाख २२ गते जिल्ला अस

सिंहदरबारभित्र रहेका कार्यालयमा थ्रोट स्वाब सङ्कलन (फोटो फिचर)

सरकारले काठमाडौं उपत्यका भित्र प्रवेश गर्ने मुख्य नाका साँगा र थानकोटमा पिसिआर चेकजाँच सुरु गरेसँगै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा समेत परीक्षण सुरु गरेको छ । पछिल्ला दिनहरुमा काठमाडौंमा कोरोना संक्रमितको संख्या बढिरहँदा सरकारले मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा समेत पिसिआर परीक्षण गरेको हो । सिंहदरबारमा कार्यरत चालक, कार्यालय सहयोगी तथा प्रत्यक्ष रुपमा बाहिरका मान्छेहरुसँग संम्लग्न देखिने कर्मचारी, रेडियो नेपाल तथा नेपाल टेलिभिजनमा कार्यरत पत्रकाहरुको पिसिआर परीक्षणको लागि नमूना संकलन गरिएको हो ।