काठमाण्डाै – एम्नेस्टी इन्टरनेशनले कोरोना महामारी नियन्त्रण गर्न निर्णायक कदम चाल्न दलहरूलाई आह्वान गरेको छ । एम्नेस्टीले कोरोना महामारीको दोस्राे लहर सामना गर्नुपरेको अवस्थामा दलहरूले मतभेद हटाएर आउँदाे हप्ताहरूमा निर्णायक कदम चाल्नुपर्नेमा जोड दिएको हो ।
साथै एम्नेस्टीले नेपालमा महामारीको जोखिम कायमै रहेकाले अक्सिजन, खोप र अत्यावश्यक मेडिकल सामग्रीका लागि अन्तर्राष्ट्रिय समुदायलाई थप सहयोग उपलब्ध गराउन पनि आह्वान गरेको छ । अक्सिजन, सघन उपचार कक्ष, व्यक्तिगत सुरक्षात्मक उपकरण र खोपको चरम अभावमा नेपालको स्...