काठमाडौं : सरकारले अन्तर प्रदेश स्तरीय सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम ११ देखि १३ प्रतिशत भाडा बढाएको हो। तत्कालका लागि काठमाडौं उपत्यकालगायत प्रदेशभित्रै चल्ने सवारीसाधनमा भने भाडा नबढाइएको यातायात व्यवस्था विभागका निर्देशक नमराज घिमिरेले थाहाखबरलाई जानकारी दिए।पेट्रोलियम पदार्थको मूल्य बढेपछि सार्वजनिक यातायातको भाडा बढाउन व्यवसायीले सरकारमाथि दबाब दिएका थिए। अबदेखि इन्धनको मूल्य बढ्दा भा