विराट कोहलीले शनिबार भारतीय क्रिकेट टोलीको टेस्ट टोलीको कप्तानबाट राजीनामा दिएका छन् । यसबारे भारतका पूर्वकप्तान कपिल देवले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् । धेरै दिनदेखि कोहली दबाबमा देखिएको उनको जिकिर छ । अब कोहलीले ‘ईगो’ त्यागेर नयाँ कप्तानको नेतृत्वमा खेल्नुपर्ने उनको सुझाव छ ।कपिलले भने, ‘सुनील गवास्करले मेरो नेतृत्वमा खेलेका थिए । मैले श्रीकान्त र अजहरुद्दीनको नेतृत्वमा खेलेँ । ममा कहिले पनि ईगो थिएन । विराटले पनि आफ्नो ईगो त्याग्नुपर्छ र युवा खेलाडीको नेतृत्वमा खेल्न