काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशमा बाह्य शक्तिको चलखेल बढेको बताएका छन्। थापाले आज शनिबार सामाजिक सञ्जालमार्फत् संसदीय निर्वाचन नजिकिँदै गर्दा बाह्य शक्तिको चलखेल बढेको बताएका हुन्। उनले महाशक्ति राष्ट्रहरू आफू अनुकूल कठपुतली तयार गर्ने होडमा रहेको समेत आरोप लगाएका छन्। थापाले ट्विटरमा लेखेका छन्, ‘संसदीय चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरूको चलखेल […]