पर्साको ठोरी गाउँपालिकामा लगाइएको प्रतिबन्धित गाँजा खेती नष्ट गर्दै प्रहरी । केही वर्षअघि प्रहरीले चलाएको चेतानामूलक कार्यक्रमबाट पर्साका किसान गाँजा खेती छोडेर अन्य खेतीमा लागेका थिए । चुनावको समय नजिकिएसँगै गाँजा खेतीले बढावा पाएको छ ।
स्थानीय राजनीतिक अगुवाहरूबाट संरक्षणको आश्वासन पाएपछि यो वर्ष पर्साका किसानले सयौं बीघा जमीनमा गाँजा लगाएका छन् । तस्वीर सौजन्य : जिल्ला प्रहरी कार्यालय, पर्सा