पर्वत : हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट जिल्लामा ४० प्रतिशत पदमा महिला उम्मेदवार निर्वाचित भएका छन्। पाँच गाउँपालिका र दुई नगरपालिका रहेको पर्वतमा सबैभन्दा बढी कुश्मा नगरपालिकामा ४१.६७ प्रतिशत र सबैभन्दा कम जलजला गाउँपालिकामा ३८.३० प्रतिशत महिला निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए। उनका अनुसार पैयुँ गाउँपालिकामा ४०.५४, फलेवास नगरपालिकामा ४०.३५, महाशिला गाउँपालिकामा ४०.६३, मोदी गाउँपालिकामा ४०.४८ र बिहादी गाउँपालिकामा ४०.६३ प्रतिशत महिला जनप्रतिनिधि निर्वाच