जुम्लामा सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण, व्यवसायी भन्छन्- मान्दैनौं

जुम्ला – जुम्लामा सार्वजनिक यातायातको भाडादर निर्धारण गरिएको छ । यातायात व्यवस्था कार्यालयले जुम्लामा गुड्ने साना तथा ठूला यात्रुबाहक सवारीको भाडादर निर्धारण गरेको हो । अब जुम्लादेखि मान्मासम्म बसयात्रा गर्दा ४४० रुपैयाँ तिर्नुपर्नेछ भने मिनिबसमा ५४० रुपैयाँ खर्चनुपर्नेछ । जीपमा जाँदा भने ६३५ रुपैयाँ भाडा पर्ने भएको छ । जुम्ला-सुर्खेत बसमा ८४० रुपैयाँ भाडा निर्धारण […]

सम्बन्धित सामग्री

बैतडीमा छोटो दूरीको सवारीको भाडा निर्धारण, टिकट अनिवार्य दिनुपर्ने

बैतडी : बैतडीमा छोटो दूरीका सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण गरिएको छ। यात्रुबाट मनोमानी भाडा लिएको भन्ने गुनासो बढ्दै गएपछि छोटो दूरीका सार्वजनिक यातायात जीपको नयाँ भाडादर निर्धारण गरिएको हो। जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवसायी र सरोकारवालाको सर्वपक्षीय बैठकले नयाँ भाडादर कायम गरेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र…

ट्रक व्यवसायी आन्दोलित, २० जेठदेखि लुम्बिनीका ट्रक नचल्ने

सरकारले सात वर्षअघि समायोजन गरी ताेकेको भाडादर अझै कार्यान्वयन नगरेकाे भन्दै ट्रक व्यवसायीहरू आन्दोलित भएका छन् । तत्काल उक्त भाडादर कार्यान्वयन नभए २० जेठदेखि लुम्बिनी क्षेत्रका ट्रक व्यवसायीले ट्रक ठप्प पार्ने चेतावनी दिएका छन् ।लुम्बिनी ट्रक व्यवसायी संघका अध्यक्ष विष्णु खरेलले दुध र सब्जीको मूल्य बढ्दा तुरुन्तै बढ्ने, तेलको मूल्य पटकपटक बढ्दा हाम्रो चाही वर्षौसम्म नबढ्ने भएपछि व्यवसायनै धरापमा परेकाे बताए । 'हामीले सस्तोमा सेवा दिए पनि उपभोक्ताले यसकाे फाइदा नपाएर दलाललाई कमाउने बाटो भएक

सार्वजनिक यातायातको भाडादर आफैं तोक्ने व्यवसायीको चेतावनी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारीको भाडा आफैं बढाउने चेतावनी दिएको छ ।महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटक पटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैंले बढाउने चेतावनी दिए ।सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन गर्न सरकारलाई दवाव दिँदै आएको […]

सार्वजनिक यातायातको भाडादर आफै बढाउने यातायात व्यवसायी महासंघको चेतावनी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैंले बढाउने चेतावनी दिएको छ ।  महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटकपटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैले बढाउने चेतावनी दिएका हुन् ।सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन गर्न सरकारलाई दवाव दिँदै आएको छ । आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महासंघका महासचिव सिटौलाले सरकारले पेट

सार्वजनिक सवारीको भाडादर बढाउन माग

काठमाडौं । यातायात व्यवसायीले इन्धनमा मूल्यवृद्धिको कारण देखाउँदै सार्वजनिक सवारीसाधनको भाडादर बढाउन माग गरेका छन् । यसअघि गत असार अन्तिममा सरकारले यात्रुवाहक सवारीसाधनको भाडा २८ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक गाडीको भाडा २६ प्रतिशतले बढाएको थियो । त्यसबेला भाडादर बढेपछि अहिलेसम्म सरकारले पटकपटक गरेर डिजेलमा प्रतिलिटर २८ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ३८ रुपैयाँ मूल्य बढाएको छ । इन्धनको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीसाधनको भाडादर बढाउन माग गर्दै आएका छन् । व्यवसायीले त्यतिबेला सार्वजनिक सवारीसाधनको भाडादर बढाउन मागसहित  यातायात नै बन्द गरेर आन्दोलन समेत गरेका थिए । असारमा भाडादर बढेपछि इन्धनको मूल्य धेरैपटक बढे तापनि सवारीसाधनको भाडादर नबढेको भन्दै यातायात व्यवसायीले विभिन्न निकाय धाउँदै भाडादर बढाउन माग गर्दै आएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले भाडादर वृद्धिको माग गर्दै शुक्रवार यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई भटेको छ । सोही विषयमा महासंघले आइतवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई ज्ञापनपत्र बुझाउने भएको छ । अहिले भइरहेको इन्धनको मूल्यवृद्धिको अनुपातमा सवारीसाधनको भाडादर बढाउनुपर्ने आफूहरूको माग रहेको महासंघका अध्यक्ष भरत नेपालले बताए । उनका अनुसार यसअघि असारमा समायोजन गरिएको भाडादर पनि बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशमा लागू हुन सकेको छैन । भाडादर बढाइए सर्वसाधारण बढी मारमा पर्ने अहिले कायम भाडादर बढाइए दैनिक सवारीसाधन चढेर यात्रा गर्नुपर्ने सर्वसाधारण नागरिक सबैभन्दा बढी मारमा पर्नेछन् । त्यसैले सरकारले इन्धनको मूल्य र यातायात व्यवसायीले सवारीसाधनको भाडादर बढाउँदै जाने परिपाटीको अन्त्य हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सरकारले पेट्रोलियम पदार्थमा लिने कर घटाएमा सहुलियत दरमा इन्धन उपलब्ध गराउन सकिने सुझाइएको छ । ‘यसबीचमा पटकपटक इन्धनको मूल्य वृद्धि भयो, भाडादर पनि बढ्यो, तर सर्वसाधारण जनताको आयस्तर नबढेकाले भाडादर बढाइनु उपयुक्त हुँदैन,’ उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने । जनताको अधिकारप्रति सरकार जिम्मेवार नहुँदा उपभोक्ताले समस्या बेहोर्नुपर्ने अवस्था आएको उनले बताए । सरकार र व्यवसायी दुवैले नागरिकको क्रयशक्तिलाई पनि ध्यानमा राखेर निर्णय लिनुपर्ने धारणा उनको छ ।

हुम्लामा तोकियो सवारी भाडा दर

हुम्लाका विभिन्न खण्डमा सञ्चालित सवारी साधनको भाडा दर तोकिएको छ। जिल्ला प्रशासन कार्यालय हुम्ला र यातायात व्यवसायी हुम्लाले सवारी भाडादर तोकेको हो। अदानचुलीको गल्फागाडदेखि श्रीनगर बजारसम्म ८० रूपैयाँ, ताजाकोटको कबाडीदेखि मैलाको...

सार्वजनिक सवारी भाडादर निर्धारण

कास्की– गण्डकी प्रदेशभरि भाडादरमा एकरुपता कायम गर्ने उद्देश्यले सार्वजनिक सवारीमा भाडादर निर्धारण गरिएको छ । भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा यातायात व्यवसायी, उपभोक्ता मञ्च र सरोकारवालाबीच भएको छलफलका क्रममा संयुक्त प्रतिबद्धता पत्र जारी गर्दै सार्वजनिक सवारीमा भाडादर निर्धारण गरेको हो । सार्वजनिक सवारीमा बसको रु ३.१० प्रतिकिमी प्रतियात्रु, सिटी बसको फ्लाग डाउन […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भाडादर समायोजन गर्न माग

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले पेट्रोलियम पदार्थको भएको मूल्यवृद्धिको अनुपातमा भाडादर समायोजन गर्न माग गरेको छ । महासङ्घका महासचिव राजेन्द्र विक्रम बानियाँले सोमबार साँझ एक विज्ञप्ति जारी गरी छोटो अवधिमा पटकपटक गरिएको मूल्यवृद्धिले यातायात क्षेत्र प्रत्यक्ष मारमा परेको भन्दै मूल्यवृद्धिको अनुपातमा भाडादर वृद्धि गर्न माग गर्नुभएको हो । “वैज्ञानिक प्रणालीका आधारमा निर्धारित भाडादरमा […]

भाडादर बढाउन माग

यातायात व्यवसायीहरुले सोमबार उपत्यका प्रमुख जिल्ला अधिकारीहरुले गरेको निर्णय अव्यवहारीक भएको प्रतिकृया दिँदै समय अनुकुल भाडादर बढाऊन र सबै दूरीमा सवारी साधन चलाउन माग गरेका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त विज्ञप्ति प्रकाशन गरी प्रशासनको निर्णय अव्यवहारिक भएको जनाएका […]