काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दाको पेसी शुक्रबारलाई सारिएको छ । हिजो सुनुवाइको लागि पेसी तोकिएकोमा सार्वजनिक बिदा परेकाले आजलाई पेसी राखिएको थियो । तर, सरकारी कानून व्यवसायीले पेसी सारिएकोबारे आफूहरूलाई जानकारी नगराएको बताएपछि पेसी सारिएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ […]