काठमाडौं : योगदानमा आधारित सामाजिक सुरक्षा कोषले आफ्नो दायरा विस्तार गरेको छ। औपचारिक क्षेत्रको निजी प्रतिष्ठानमा मात्रै सीमित रहेको कोषको दायरा मंगलबारदेखि फराकिलो बनाइने भएको हो।कोषले आफ्नो दायरा बढाउन अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षा योजनासम्बन्धी दुईटा कार्यविधि तयार पारेको छ। दुवै कार्यविधि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट स्वीकृत भइसकेका छन्।कोषले दुवै कार्यविधि मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर